Monday 13th April 2026

ताप्लेजुङमा जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार, बच्चाको मृत्यु


तितोपाटी – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले गाउँलेले थाहा पाएर खोजी गर्ने क्रममा बच्चाको अवस्था फेला परेको जानकारी दिए। बस्नेतका अनुसार मृत भेटिएकी र गम्भीर अवस्थामा रहेकी बच्चाको शरीरमा निलडाम र चोटपटक देखिएको छ। प्रहरीले बच्चालाई सेफ्टी ट्याङ्कीमा लगाउनु पूर्व आमाले कुटपिट समेत गरेको हुनसक्ने अनुमान गरेको छ।

प्रहरीका अनुसार २० बर्षीया कमला बिकले छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी हुन्। सेफ्टी ट्याङ्कीमा हालेका दिदीबहिनी गंगा र जमुनामध्ये गंगाको मृत्यु भैसकेको र जमुनाको जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन ।

फरार रहेकी कमलाको खोजी कार्य जारी रहेको छ। मृत्यु भएकी बालिकालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको डीएसपी बस्नेतले जानकारी दिए।

आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि उपचारकालागि झापाको विर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याइए पछि चिकित्सकले मृत घोषणा गरेका हुन ।

‘पाँचथरको फिदिम, इलामको फिक्कल अस्पतालमा देखाउँदै विर्तामोड अस्पतालमा पुर्‍याउँदासम्म ढुकढुकी बाकी थियो। अस्पताल पुगेको केही समयपछि चिकित्सकले मृत घोषणा गरे,’ बालिकालाई अस्पताल लिएर गएका टिकाराम गौतम स्मृति प्रतिष्ठानका एम्बुलेन्स चालक बिक्रम मिश्रले भने।

जिल्लाको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्वू कलेवारीकी कमला विकले आफ्ना दुई जुम्ल्याहा छोरी गंगा र जमुनालाई शौचालयको ट्यांकी भित्र फालेकी थिइन्। कमला त्यही दिनदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनले शनिवार बच्चा फालेको अनुमान प्रहरीले गरेको छ। उनले अवैध गर्भवाट १० महिनाअघि घरैमा जुम्ल्याहालाई जन्मदिएकी थिइन्।

बुधबार कमलाकी आमा सञ्जमायाले खाल्टोभित्र बच्चाको आवाज आएपछि गाउँमा हल्ला गरेकी थिइन्। गाउँलेहरुले ट्यांकीबाट निकालेर उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएका थिए। खर्च नभएपछि गाउँलेहरुले २० हजार संकलन गरी उपचारकालागि पठाएका थिए। कमला आमा सञ्जमायासँगै बस्दै आएकी थिइन्।

दुवै बालिकाको पोष्टमार्टम गरेर शव परिवारलाई वुझाउने बस्नेतले वताए। घटनाको अनुसन्धान वुधबारबाटै सुरु भइसकेको पनि उनले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...