Sunday 22nd March 2026

इटालीमा पुल भत्किंदा कम्तिमा ३० जनाको मृत्यु


तितोपाटी – इटालीको उत्तरी सहर जिनोआमा मंगलबार पक्की पुल भत्किंदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार पुल भांचिदा तीव्र गतिमा गुडिरहेका कारहरु करिब ९० मिटर तल बजारिएका थिए ।

सञ्चारमाध्यमहरुमा सार्वजनिक दृश्यहरुमा भीषण हावाहुरीपछि पुल खसेको देखिन्छ । पुल भत्केपछि केही कार रेलमार्गमा तथा गोदाम रहेको भवनमा खसेका थिए । सुरक्षाकर्मीहरुले कार तथा भग्नावशेषले चेपिएका मानिसलाई उद्धार गरिरहेको जनाएका छन् । अधिकारीले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । यातायात राज्यमन्त्री एडोआर्डो रिक्सिले भने, ‘हालसम्म ३० जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढ्न सक्छ ।’ उनले कम्तीमा १३ जना घाइते भएको जनाए ।

रेलमन्त्री डानिलो टोनिनेलीले ‘ठूलो विपत्ति’ भएको जनाएका छन् । फ्रान्सले उद्धारका लागि सहयोग गर्न आफू तयार रहेको जनाएको छ । पुल खसेको समाचार सार्वजनिक भएसँगै इटालीको अधिकांश सडक सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी अट्लान्टियाको सेयरमा ६.३ प्रतिशतले गिरावट आएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सामाजिक सञ्जाल ट्वीटरमार्फत इटालीका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् । उनले भनेका छन्, ‘आवश्यक सहयोगका लागि फ्रान्स तयार छ ।’

युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । एक वक्तव्य जारी गर्दै यान्करले मृतकका परिवार तथा आफन्तप्रति समवेदन व्यक्त गरेका छन् ।

प्रहरीका अनुसार पुल स्थानीय समयअुनसार मंगलबार बिहान ११ बजेर ३० मिनेटमा खसेको हो । उक्त समय जिनोआ क्षेत्रमा भारी वर्षा भएको थियो । प्रत्यक्षदर्शी पियट्रो एम अलआसाले इटालीको अन्सा न्युज एजेन्सीलाई भने, ‘११ बजेर ३० मिनेट मात्रै गएको थियो, हामीले चटयाङसँगै पुल खसेको देख्यौं ।’

अर्का एक प्रत्यक्षदर्शीले आफूहरुले निकै ठूलो आवाज आएको सुनेको बताए । उनले भने, ‘सुरुमा त हामीले नजिकै ठूलो चट्याङ परेको होला भन्ने ठान्यौं ।’ उद्धार निकायद्वारा सार्वजनिक एक तस्बिरमा पुलको छेउमा एक ट्रक अडेको देखिएको छ ।

मोरान्डी पुल सन् १९६० को दशकमा निर्माण भएको हो । उक्त पुलले इटालीको रिभेरा र फ्रान्सको दक्षिण तटीय क्षेत्रलाई जोडदै आएको थियो । पुलको सन् २०१६ मा मर्मत गरिएको थियो । त्यसयता पुलको नियमित अनुगमन गरिँदै आएको रोयटर्सले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...