Monday 30th March 2026

कुवेतमा कार्यस्थलमा दुर्घट्नाका कारण नेपाली कामदारको मृत्‍यु


हरी कृष्ण न्यौपाने – कुवेतको अडनोक(ADNOK)कम्पनीमा आएर त्यस कम्पनीबाट भागेर केही समय देखी अबैधानिक कामदारको रुपमा लुकेर काम गर्दै आएका देबागन्ज-६, सुनसरीका सराज अंन्सारीको कार्यस्थलमा दुर्घटनाको कारण मृत्‍यु भएको छ।

गत अगष्ट ४ तारिक,२०१८का दिन अंसारी निर्माण क्षेत्रमा कामगर्दाको समयमा लडे पछी उनलाई तत्काल कुवेतको आदन अस्पातलमा पुर्याइएको थियो।अत्याधिक रक्तश्राब र घाऊ-चोटको कारण अंसारीको मृत्‍यु भएको अस्पातलले पुष्टी गरेको छ।

नेपाली दूतावासका प्रथम सचिब भोगेन्द्र लिंङदेनले तितोपाटी डट कम संग भने” २८ बर्षिय अंसारीको कार्यस्थलमै दुर्घटनाको कारण मृत्‍यु भएको तथा उनी अबैधानिक रुपमा काम गर्दै आएका थिए।आबश्यक प्रकृया पुरा गरेर अंसारीको परिवार संग संपर्क गरी आज अगष्ट १४ तारिक उनको शबलाई नेपाल पठाइएको छ।”


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...