Monday 16th March 2026

सर्जक तथा गायिका गिता भट्टरार्इको तीज गीत “मेरै सिन्दुर..” युटुब मार्फत बजारमा(भिडियो सहित)


तितोपाटी – २०७५ सालको महिलाहरुको महान् चाड हरितालिका तिज नजिकिँदै छ भने गत वर्षहरूमा जस्तै यस वर्ष पनि हरेक गायक गायिका तथा कलाकारहरूले तीज विशेष गीतहरू बजारमा ल्याएका छन् । यहि अबसरमा पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले आफ्नो तिजको सांगीतिक कोसेली “मेरै सिन्दुर..”बजारमा ल्याएकी छन् ।

उक्त गीतमा पत्नीहरुले आफ्ना पतिको निक्कै नै प्रशंसनिय सम्मान गरेको भाव झल्काउने दृश्य भेटिन्छ ।अहिलेको परिबेशमा लोक संगितभित्र मौलिकता हराईरहेको बेला सर्जक तथा गायिकाले यसपाली दुईवटा मौलिक तीज गीतहरु श्रोता,दर्शकमाझ पस्केकी छन् ।यो भन्दा अगाडि गायिका अन्जु गौतमको आवाजमा रहेको “सोह्र श्रिङ्गार..” बोलको गित पनि गायिका गिता भट्टराईकै शब्द /संगित हो।ईटहरीको पूर्बान्चल रेकर्डिङमा रेकर्ड गरिएको “मेरै सिन्दुर..”गितमा पनि गायिकाको आफ्नै शब्द /संगित रहेको छ ।

कोशी भिजन फिल्मस प्राइभेट लिमिटेडको प्रस्तुतिमा Wave Diary युटुब च्यानलमार्फत सार्वजनिक भएको “मेरै सिन्दुर..” बोलको गीतमा गायिका भट्टरार्इकै परिवारको सशक्त अभिनय देख्न पाइन्छ भने एरेन्जर रूद्र श्रेष्ठ रहेका छन् । गीतको  निर्देशन सुमन तामाङ र बोधराज पुरूषको रहेको छ भने गीतको भिडियो छायंकन देबराज सिग्देलले गरेका हुन् । अलौकिक प्रतिभाकी धनी गायिका गिता भट्टराईले  कुनै पुर्व योजना बिना नै अकस्मात यस्तो गित बजारमा ल्याएकी हुन्। अहिले बजारमा उक्त गितले निक्कै नै चर्चा कमाईरहेको छ।

हेर्नुहोस उक्त गीतको म्यूजिक भिडियोः

https://youtu.be/4Qs2uyc2RBg

 


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...