Saturday 6th June 2026

‘छन त छन् मनभित्र कथा, रमाउँदैछाै भुलेर पीर व्यथा’


तितोपाटी – नेपाल सरकारले घरेलु कामदारको श्रम स्वीकृती रोक्दा धेरै समस्या भोग्नुपरेको पीडा युएइमा श्रमरत नेपाली संगीतकर्मीहरुले तीज गीतमार्फत सार्वजनिक गरेका छन् ।

बेरोजगारी, अभाव र गरिबीका कारण हजारौ घरेलु कामदारहरु देशबाहिर रहेपनि बिदामा आफ्नो जन्मभूमि नेपाल गएर कानुनी रुपमा पुन कर्मभूमि आउने बाटो नेपाल सरकारले बन्द गरेकोमा उक्त गीतमार्फत श्रम खोल्न आग्रहसमेत गरिएको छ ।

आफ्ना नाबालक छोराछोरी र परिवारका सदस्यलाई भेट्न नपाएको बर्सौ भएको दर्साउदै श्रम खोलिदे सरकार भन्दै संचारकर्मी राजा बगर र गायक गोपाल भट्टराईको संयुक्त प्रस्तुतिस्वरुप ‘श्रम खोल सरकार’ नामक एल्बम २४ साउनमा सार्वजनिक गरिएको हो ।

घरेलु कामदारहरुलाई दलालको सहारामा लाखौ खर्च गरेर भारत या श्रीलंका कुवेत हुदै विदेश जानरआउन नपरोस र कानुन बमोजिम आफ्नै देशको बाटो भएर आउनरजान पाइयोस भन्ने भाव गीतमा पाइन्छ ।

घरेलु कामदार पुन रोजगारीमा आउन पाइदैन भन्ने डर ले ४-५ वर्षसम्म आफ्नो परिवारबाट टाढा भइ रुदै विदेशमा रहेको यथार्थलाई गीतमा देखाइएको छ ।

श्रम स्वीकृतिको विसयमा संचारमाध्यममा धेरै आवाज उठाइए पनि यही विसयमा गीत रचना भएको सम्भवत पहिलो हो ।

खाडी मुलुकका कामको सिलसिलामा आएका घरेलु कामदारहरु बिदामा घर जान र आउन नपाइरहेको पीडालाई सम्बोधन गरी नेपाल सरकारको ध्यानाकर्षण गराउन गीत रचना गरेको गीतकार राजा बगरले बताएका छन् ।

राजा बगरका शब्दमा लय दीपा गैह्रेको रहेको छ । गायिका देवी घर्ती, होमनाथ कुवर, गोपाल भट्टराई र सुस्मिता घर्तीको आवाजमा सजिएको गीतला न्याय दिदै अभिनय मा बिष्णु भुसाल, सानी पराजुली, सुनिता पराजुली, निरु शर्मा, अस्मिता खरेल, जीवन पाण्डे, रोजन पाण्डे, तुल्सी काफ्ले, पाल्पाली कान्छा, आर्ट्स प्रकाश बस्याल, भीम मल्ल, बाल कलाकारमा रचना भट्टराईको साथमा अन्य कलाकारले पनि अभिनय गरेका छन् ।

उक्त गीतको निर्देशन भने प्रकाश ढकाल र सह-निर्देशन नरेन सापकोटाले गरेका हुन् । गगन बिकले छायांकन गरेको उक्त भिडियोको सम्पादन प्रबिन भट्टले गरेका हुन् ।

 


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...