तितोपाटी – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन ।
रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो ।एक जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहे छ भन्ने यो एउटा उदाहरणमात्र हो । गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् ।
उनी त्यही दिन दिल्लीबाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥याउन श्रीमान समेत गएका थिए ।दुबईमा तीन घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो । दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए ।
त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिंसा भयो ।
त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा सात दिन बस्दा पनि रामकलीमाथि हिंसाले निरन्तरता पायो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो ।
एवं रीतले रामकलीले सात महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् । शुरुका तीन वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलालमार्फत उद्धारको प्रक्रिया अघि बढाएका थिए ।रामकलीले कुवेतमा सात महिना काम गरिन् । तीन महिनाको मात्रै तलव पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले ।
दुःख सहेर पनि उनले ९० हजार रुपैया घरमा पठाइन् ।रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उद्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मानेर केआई नेपालले परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग समन्वय गरेर रामकलीलाई नेपाल झिकाएको छ ।साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्रीमान पनि एयरपोर्टमा पुगेका थिए ।
३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक होटलमा बसे ।रामकलीसँग भएको पैसाले घरमा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कपडा किनियो । पैसा सकियो । पैसा सकिएपछि श्रीमानले रामकलीलाई ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ भनेर कुटपिट गर्न थाले । एक ठाउँमा सुत्न पनि छोडे ।
कस्तो बिडम्बना हगि ! त्यही पुरूषले बहुविवाह गरेर दोश्री स्वास्नी ल्यार्इ एक पछि अर्को गर्दै नारी शोषण गर्दा कुनै अापत्ति नहुने, अनि त्यही नारीले घर परिवारको अार्थिक स्थिति उकास्न र जीवनस्तर सुधार्न दुःख कमाइ गर्न जाँदा अापत्ति हुने । त्यही श्रीमतीले धन कमाइ गरेर ल्याए त्यो पैसामा भने मोज गर्ने अनि खाली हात भए चाहिँ श्रीमतीको रूपमा स्वीकार्न अापत्ति !
नेपाली समाज पुरूष प्रधान सोचका साथ अगाडि बढेकोले बिभिन्न प्रकारले महिला माथि बिभेद हुने गरेको हाम्रो वरपरको गतिविधिमा सहजै देख्न सकिन्छ । भन्न त नारी र पुरूषलार्इ रथका दुइ पांग्रा भनिन्छ तर व्यबहारमा त्यसो गरिन्न । चाहे त्यो खानपानमा होस वा शिक्षादिक्षामा नै किन नहोस । जन्मदेखि मृत्यु सम्मका हरेक विधि व्यबहारमा यो पक्षपात रहि अाएको छ । एउटा पांग्राको अभावमा रथ नगुड्नु पर्ने हो तर यहाँ पुरूषको अभावमा नारी अपुरो भएको मानिन्छ भने नारीको अभावमा एकाध बाहेक कुनै पनि पुरूषलार्इ असर परेको देखिंदैन । यस तर्फ सरोकारवालाको ध्यान जाअोस र समाज परिवर्तनका लागि सबैले हातेमालो गरेर अगाडि बढ्ने कार्यको थालनी होस तथा सरकार र सरकार मातहतका सम्बन्धित निकायले विशेष पहलकदमी तथा कानून तर्जुमा गरि नारी पुरष दुबैलार्इ समान बनाउने तर्फ गृहकार्य गरोस ।