Monday 5th October 2026

धादिङमा अाफ्नै १५ वर्षे बहिनीलार्इ बलात्कार गर्ने दाजु पक्राउ


तितोपाटी – आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो। गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरीले गोप्य राखेको छ ।

गएको चैत्र २७ गते बलात्कार भएको र त्यसपछि पनि पटक-पटक बलात्कार प्रयास भएपछि बालिका भागेर प्रहरीको सम्पर्कमा पुगेपछि घटना बाहिर आएको हो। आफ्नो मितिनीको सहायतामा भागेर प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले बालिकालाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको संस्था सहयात्री समाजको जिम्मा लगाइ आरोपीविरुद्ध मुद्धा चलाएको छ।

बालिकालाई उदृत गर्दै सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटाले भनिन्, ‘दिनहुँको शारीरिक यातना पछि बिरामी भएकी बालिका साउन ११ गते छिमेकी भाउजुको सहायतामा गजुरी अस्पतालमा पुगेकी रहिछन्।

घर फर्केपछि बाहिर कुरा लगाएको आरोपमा साउन १६ गते दाइले निर्घात कुटुपिट गरेपछि बालिका आफ्नी मितिनीको सहायताले भागेर गजुरीको प्रहरीको सम्पर्कमा पुगेपछि घटना बाहिर आएको हो ।’ सापकोटाको अनुसार बालिकाको शरीरभरी चोट र नीलडाम छन्।

स्वास्थ परीक्षण पछि बालिकालाई सहयात्री समाजको ‘सेफ हाउस’ मा राखिएको छ। चैत २७ गते बलात्कार भएपछि ठूलोबुवा, काका काकीका छोराछोरीलाई पनि घटनाबारे बताएपनि कसैले सहयोग नगरेका बालिकाले बताएकी छिन। ‘मलाइ दाइले दिनहुँ कुटपिट गरेको देखेपछि सौतेनी आमाले पनि घरबाट भागेर जाउ, प्रहरीकोमा जाउ भन्नहुन्थ्यो।’ बालिकाले भावुक हुँदै भनिन्, ‘आमाले केही गर्न सक्नुहुन्थेन, बुवालाई केही भन्न सक्दिनथे, अति भएपछि मितिनीको सहारा लिएर प्रहरीकोमा गएकी हुँ।’

सानैमा आमाले मामाघर झापामा छोडे र बेपत्ता भएपछि बाबुले अर्को विहे गरेका थिए। पछि उनी मामाघरमै बस्दै आएकी थिइन्। दाजुले नै बहिनीलाई घर ल्याइ आफैसँग राख्दै आएका थिए।
आफूलाई जन्माउने आमा बेपत्ता भएपछि बालिका सौतेनी आमा, बुवा र दाजुसँगै बसिरहेकी थिइन् । बालिकालाई सानैदेखि दाजुले नै राख्ने गरेकाले बालिकामाथि पहिलेदेखि नै दुर्व्यबहार भइरहेको हुनसक्ने सापकोटाले बताइन्। सापकोटाले बालिकालाई उदृत गर्दै भनिन्, ‘बालिकाको भनाइ अनुसार पहिलेदेखि नै चरम हिंसा दुर्व्यबहार र यातना खप्दै आएकी रहिछन्, अहिले पनि बालिकाको महिनावारी भन्दा बाहेकको समयमा रक्तश्राव भइरहन्छ।’

बलात्कारको आरोपमा दाजुलाई नियन्त्रणमा लिएपछि आरोपीका आफन्त तथा छिमेकी बालिकामाथि बलात्कार नभएको भन्दै प्रहरी कार्यलय आएका थिए । प्रहरीको अनुसार आरोपी दाजुका काकाले बहिनीमाथि दाजुले कुटपिट मात्रै गरेकाले कुटपिटको मात्रै मुद्धा चलाउन आग्रह गरेका थिए।

बहिनीलार्इ बलात्कार गरेको आरोप लागेका दाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी राम बहादुर केसीले जानकारी दिए।

बालिकाको तर्फबाट बलात्कारको जाहेरी दिन कोही पनि नमानेपछि सहयात्री समाजले नै बालिकाको तर्फबाट मुद्धा दर्ता गराएको थियो। जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार गएको १ वर्षमा बलात्कार र बलात्कार प्रयासका ३१ वटा घटना भएका छन् । जसमध्ये जवरजस्ती करणीका २० वटा र करणी उद्योगका ११ वटा रहेका छन्।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...