Monday 5th October 2026

दाङमा सुस्त मनस्थितिकी ११ वर्षीया बालिका बलात्कृत


तितोपाटी – देश भरी जघन्य बलात्कार पश्चात् विभत्स हत्याका घटनाहरु सार्वजनिक भइरहेका बेला दाङमा एक ११ बर्षीय बालिका बलात्कृत भएकी छिन्। घोराही उपमहानगरपालिका वडा नं १४ रझेना बैकुण्ठद्धार शवदाहस्थल टोलमा एक ११ बर्षीय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

शारीरिक रुपमा असक्त, बोल्न नसक्ने, दृष्टिविहिन तथा छारे रोगले ग्रसित ११ बर्षीय बालिका (आभा नेपाली) साउन १० गते बिहान बलात्कृत भएको बुझिएको छ ।

बलात्कृत बालिकाका वुवा शिव नेपालीको अाफु सँगै मजदुरी गर्ने अाफ्नै साथी घोराही उपमहानगरपालिका वडा नं १२ निवासी ३८ वर्षीय तेज बहादुर बस्नेतले आमा चम्फा नेपाली घरछेउकै कटुवा खोलामा लुगा धुन गएको मौका छोपी दिन दहाडै करणी गरेको पारिवारीक श्रोतले जनाएको छ ।

साउन दश गते विहान घरमा अभिभावक नभएको मौका छोपी त्यही ज्याला मजदुरीको काम गर्न गएका बस्नेतले अपाङ्ग तथा सुस्त मनस्थिती भएकी बालिका एक्लै भएको समयमा जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरीका आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीले जानकारी दिएका छन् ।
पिडित बालिकाको तर्फवाट सोही बेहोराको किटानी जाहेरीका आधारमा अभियुक्त बस्नेतलाई साउन दश गते नै पक्राउ गरिएको हो।

बलात्कारको अभियोग खेपेका बस्नेत माथि म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...