Wednesday 25th March 2026

साप्ताहिक राशिफल(साउन १८ गतेदेखि २४ गते सम्म)


फलित ज्योतिष –  रामप्रसाद सिटाैला

मेष

अध्ययनको सिलसिलामा विदेश यात्रा हुनसक्छ । भ्रमणका क्रममा नातेदारहरूसित भेट होला । मनोरञ्जनका क्रममा खर्चले पिरोल्नेछ । व्यवसायिक क्षेत्रमा सुधार आउला । धातुको कारोबार लाभदायक देखिन्छ । पहेलो रंग प्रयोग गर्न सके बोलीको प्रभाव बढ्नेछ । परोपकार तथा दान पूण्यले मानसिक शान्ति प्रदान गर्नेछ ।

वृष 

सफलता हात पार्न थप मेहनतको आवश्यकता छ । प्रेमी–प्रेमिकाबीचको योजना ओझेलमा पर्न सक्छ । अभिभावकको सुझाव आत्मसात् गर्दा आर्थिक क्षतिबाट उम्कन सकिनेछ । अर्काको देखासिकी गरी पहँुच तथा क्षमताले नभ्याउने काममा  समय खर्चंदा पछि परिएला । कालो रंगका सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मिथुन 

सामूहिक लगानीबाट भनेजस्तो मुनाफा पाइनेछैन । अवसरको खोजी गर्दै विदेश यात्रा गरिने सम्भावना छ । जटिल समस्याहरू सुल्झाउँदै धेरैको प्रशंसा बटुल्न सकिनेछ । अनुशासन तथा मर्यादा पालन नगर्दा विवाद निम्तिने खतरा छ । साताको अन्त्यतिर प्रेम प्रस्ताव प्राप्त हुन सक्छ ।

कर्कट 

अवरोध खडा गर्नेहरू सक्रिय भए पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्न सकिनेछ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त होला । अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । अभिभावकहरूसँग वैचारीक द्वन्द्व हुनेछ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

सिंह 

अवसरका लागि शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । परिवारजनको भावनाप्रति वेवास्ता गर्दा समस्या देखा पर्नेछ । गल्ती सच्याउने प्रयत्नले गुमेको प्रतिष्ठा दिलाउनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । मन एकाग्र रहनुका साथै अध्ययनमा प्रगति हुनेछ ।

कन्या 

पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । पहिरनमार्फत अरूको मन लोभ्याउन सकिनेछ । दिगो लगानीले गतिलो आम्दानी दिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात पर्नेछ । विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।

तुला

संयमताका साथ निर्णय गर्नु उचित हुुन्छ । राम्रा अवसर एवं शुभ समाचारले सातालाई अनुकूल बनाउनेछ । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । मन परिवर्तन भै महत्वपूर्ण भेटघाटमा लाग्ने प्रेरणा प्राप्त हुनेछ । स–साना झमेला भने आइलागिरहनेछन् ।

वृश्चिक 

दुविधापूर्ण मनस्थितिमा गरिएका कार्यमा अपजसको भागी हुनुपर्ला । सरोकार नभएका विषयमा ध्यान नदिनु नै उचित हुन्छ । गोप्य सूचनाहरू बाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वास उत्पन्न होला । फजुल खर्च हुने सम्भावना छ । परिस्थितिको हेक्का राखी चुनौतीलाई अवसरका रूपमा शिरोधार्य गर्नुमै आफ्नो भलो छ ।

धनु  

नयाँ क्षेत्रमा पद बहाल गर्ने अवसर प्राप्त हुन सक्छ । प्राप्त अवसरले थप मेहनतको अपेक्षा गरेको छ । जीवनशैलीमा परिर्वतन ल्याउनुपर्ने बाध्यता सिर्जना हुनेछ । पूण्य आर्जनमा समेत समय खर्च गर्नुपर्ने अवस्था छ  । पहेंलो रंगले कार्य सम्पन्न गर्न ऊर्जा प्रदान गर्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।

मकर 

धेरैको मन जित्न सकिनेछ । पहिलेका समस्या सुल्झाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । आध्यात्मिक ज्ञान प्राप्त गर्ने अवसर जुट्न सक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधनसमेत जुटाउन सकिनेछ ।सञ्चित धन खर्च भै आर्थिक संकट निम्तिने कुरा अस्वीकार गर्न सकिँदैन ।

कुम्भ 

हतारमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ, धैर्यतालाई महत्व दिनुहोला । प्रतिस्पर्धामा सफलता हात पर्नेछ । अचानक प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, परिस्थितिअनुरूप निर्णय गर्नुहोला । सेतो रंगको प्रयोगले बढी फाइदा दिलाउनेछ । मंगलबारपछि महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।

मीन 

परिस्थितिअनुसार अघि बढ्नुहोला । दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन्, त्यसमा तदारूकताको आवश्यकता पर्नेछ । साथीहरूले आर्थिक सहयोगको अपेक्षा गरेका छन् । साताको अन्त्यमा विशिष्ट व्यक्तिहरूसँगको भेटघाटमा नौला कुरा सिक्ने अवसर जुट्नेछ । पहेंलो वस्त्रको प्रयोगले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ ।

 


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...