Sunday 12th April 2026

पोखराबाट काठमाण्डाैं अाउँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्यो


ब्रेकिङन्यूज

तितोपाटी – पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

अाज शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

१८ जना घाइतेको उद्दार गरी भरतपुर ल्याउन लागिएको  जिल्ला प्रहरी कार्यलाय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठाैरले जानकारी दिए ।

च्यापिएका केहीको उद्दार भइरहेको उनको भनाइ छ । बसमा ३२ जना यात्रु सवार रहेको एसपी राठौरले  बताए । 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...