Friday 19th December 2025

पोखराबाट काठमाण्डाैं अाउँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्यो


ब्रेकिङन्यूज

तितोपाटी – पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

अाज शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

१८ जना घाइतेको उद्दार गरी भरतपुर ल्याउन लागिएको  जिल्ला प्रहरी कार्यलाय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठाैरले जानकारी दिए ।

च्यापिएका केहीको उद्दार भइरहेको उनको भनाइ छ । बसमा ३२ जना यात्रु सवार रहेको एसपी राठौरले  बताए । 


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...