Sunday 11th January 2026

अाज एक्काइसाैं सताब्दीको सबैभन्दा लामो खग्रास चन्द्रग्रहण


तितोपाटी – अाज (शुक्रबार) राति पूर्ण खग्रास चन्द्रग्रहण लाग्दैछ । यसलार्इ नांगो आँखाले हेर्न हुन्छ कि हुन्न भन्ने अन्याैल धेरैमा हुन सक्छ । तर नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भने नांगो अाँखाले चन्द्रग्रहण हेर्न मिल्ने जनाएकाे छ ।

एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण अाज देखिँदै छ । मौसम सफा भएका ठाउँमा घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले ग्रहण अवलोकन गर्न सकिने सोसाइटीले जनाएको छ ।

सोसाइटीका अध्यक्ष तथा खगाेलविज्ञ सुरेश भट्टराईले ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैका लागि एक सुनौलो अवर हुने बताएका छन् ।

राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले ४ बजेर ४ मिनेटसम्म रहनेछ । तर खग्रास चन्द्रग्रहण भने करीब एक घण्टा ४३ मिनेटसम्म देखिने बताइएकाे छ । ग्रहणले चन्द्रमालाई ढाँक्दै जाने क्रममा सवा १ बजेतिर पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा राताे देख्नेछन् ।

सोसाइटीले टेलिस्कोपबाट हेर्न चाहनेका लागि शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म विशेष व्यवस्था गरिएको समेत जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

प्रतिकृयाहरू
...