Monday 2nd March 2026

साप्ताहिक राशिफल ( साउन ११ गते देखि १७ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष

हात लागेका अवसरहरूलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । प्रेमी–प्रेमिकाबीचको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको आवश्यकता छ । साताको अन्त्यमा मन सवारी साधन खरिद गर्न उत्सुक होला ।

वृष

धन प्राप्तिका निम्ति पेसा–व्यवसाय वा स्थान परिवर्तन हुन सक्छ । नयाँ किसिमको योजना तर्जुमा गर्दै समय खर्चिनुपर्ने अवस्था छ । सवारी साधन खरिद गर्ने वातावरण केही समयका लागि पछाडि धकेलिन सक्छ । परिवारका सदस्यहरूसँग धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । चिसोबाट जोगिनुहोला ।

मिथुन

व्यवसायमा थप मुनाफा दिलाउन मित्रहरूले खुलेर सहयोग गर्नेछन् । सामाजिक संघ–संस्थामा काम गर्दा सकेसम्म कम बोल्नु नै आफ्नो हितमा हुनेछ । अभिभावकको प्रेरणा तथा हौसला पथपर्दशक सावित हुनेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा सावधानी अपनाउनुहोला ।

कर्कट

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । तपाईंको लगनशिलताले राम्रै प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरू पछि पर्लान् । रचनात्मक काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । तपाईंको जुक्ति–बुद्धिलाई साथीभाइले अनुमोदन गर्दै सहकार्यसमेत गर्नेछन् । लामो तथा छोटा यात्रा हुने सम्भावना छ ।

सिंह

पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । इँटा रंग प्रयोग गर्न सके चुनौतीहरू सामना गर्न ऊर्जा प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्य समस्याले सताउन सक्छ ।

कन्या

विवादित विषयमा काम गर्न अग्रसर भइनेछ । आलोचक तथा असहयोगीहरू स्वत: परास्त होलान् । कामको राम्रो प्रतिफल हातपर्ने सम्भावना छ । मनको चञ्चलताबाट जोगिनुपर्नेछ । भोजभतेर तथा मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।

तुला

शक्तिशाली व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । खराब आचरण भएकाहरूबाट टाढा रहँदा नै आफ्नो कल्याण हुनेछ । सहयोगी हात अघि बढ्नेछन् । प्रेमिकाको सहयोग तथा सदभावबाटै उचाइमा पुग्न सकिनेछ । विभिन्न प्रतियोगितामा सफलता हात लाग्नेछ ।

वृश्चिक

आफ्नै प्रयासले उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । आँटेको काममा विशिष्ट व्यक्तिहरूको आर्शिवाद रहनेछ । भविष्यका निम्ति दिगो जग बसाउने बेला छ । निजी तथा सरकारी क्षेत्रबाट अवसर प्राप्त हुने सम्भावना छ । विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्न पाइनेछ ।

धनु

अप्ठ्यारा समस्या सुल्झँदै जानेछन् भने धन एवं प्रतिष्ठा प्राप्त हुनेछ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्लान् । तत्काललाई समस्या देखिए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिएला । समाजसेवातर्फ आकर्षित भइनेछ ।

मकर

पारिवारिक खिचलोमा पछि हट्नुमै आफ्नो भलो छ । प्रतिस्पर्धाबीच अवसर आफनो पोल्टामा पर्नेछ । पूर्वपरिचित मित्रसँगको भलाकुसारी प्रेम जीवनमा परिणत हुन सक्छ । दिगो फाइदा हुने काम शुभारम्भ हुने योग छ । सवारी साधन चलाउदाँ सचेतता अपनाउनुहोला ।

कुम्भ

तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावमा नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । अफिसियल तथा घरायसी दुवैतर्फको कामले तनाव सिर्जना गर्न सक्छ । योग, ध्यान तथा दैनिकी भ्रमणले मानसिक पीडा कम गर्नेछ ।

मीन

ढिलै भए पनि तथ्य कुरा पत्ता लगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्ने अनुकूल समय छ । मन मिल्ने साथीको सुझावमा मात्र भर पर्दा पछि परिएला । नाटकीय प्रेम गरी झुक्याउनेहरूसँग सचेत रहनुहोला । साताको अन्त्यमा धार्मिक कार्यमा संलग्न भइनेछ ।


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...