Saturday 14th February 2026

याैनवर्द्धक ट्याबलेट भियाग्रा गर्भवती महिलाहरूका लागि हानिकारक


तितोपाटी – नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ ।

अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो ।

शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको छ ।

वास्तवमा के भयो, त्यो बुझ्नका लागि विस्तृत अनुसन्धानको आवश्यकता भएको विशेषज्ञको भनाई छ ।

यस अघि ब्रिटेन, अष्ट्रेलिया र न्यूजिल्याण्डमा गरिएको यस्तै प्रकृतीको शोधमा कुनै प्रकारको क्षती सार्वजनिक भएको थिएन । तर यसको केही फाइदाबारे पनि पत्ता लाग्न सकेन ।

कमजोर गर्भनालका कारण गर्भभित्रका बच्चाहरुको विकास रोकिनु एक गम्भीर रोग हो जसको अहिलेसम्म कुनै उपचार विकास गर्न सकिएको छैन ।

फलस्वरुप बच्चाहरु समयअगावै जन्मिन्छन् । कमजोर हुने भएकाले उनीहरु बाँच्ने सम्भावना पनि निकै कम हुन्छ ।

शोध अनुसार कूल ९३ महिलालाई भियाग्रा दिइयो जबकी ९० महिलालाई एक डमी औषधी दिइयो ।

जन्मपश्चात् २० बच्चाहरुको फोक्सोसँग सम्बन्धित रोग देखियो । यीमध्ये तीन त्यस्ता बच्चा थिए जसको आमालाई डमी औषधी दिइएको थियो जबकी अन्य सबै दोस्रो समूहका महिलाका बच्चा थिए । यीमध्ये ११ बच्चाहरुको मृत्यु भयो ।

ब्रिटेनको भएको यस्तै शोधमा भाग लिने युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक जार्को अल्फिरेविचका अनुसार नेदरल्याण्डमा भएको शोधको यो नतिजा अप्रत्याशित छ ।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...