Tuesday 6th May 2025

श्री ज्यू माविको सहयोगार्थ पुर्वब्रिटिस गोर्खा ढक राना मगरबाट १ लाख सहयोग


तितोपाटी – खोटाङ बराहपोखरी गाउँपालिका २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लार्इ सर्व सुविधा सम्पन्न बनाउने उद्देश्यले संचालन गरिएको सहयोग अभियानमा सोही स्थानमा जन्मेर हाल युकेमा बस्दै अाएका दानवीर ब्रिटिस अार्मीका भूपु सैनिक ढक राना मगरले नेपाली रूपैया १ लाख सहयोग गरेका छन्  । उनले लामो समयदेखि अाफ्नो जन्मथलोको विकासको लागि सहयोग गर्ने इच्छा हुँदा हुँदै पनि एक्लो प्रवासी भएर सहयोग गर्ने माध्यम पाउन नसकेकोमा हाल अाएर श्री केदार अाले मगर ज्यूको अध्यक्षतामा अन्तर्राष्ट्रिय सहयोग अभियान संचालन गरि जन्मथलोको शैक्षिक विकासको लागि कार्य गरेकोमा खुशी व्यक्त गर्दै सो रकम  श्री ज्यू मावि को बैंक खातामा जम्मा गराएको  कम्प्युटर शिक्षा र अक्षयकोष संचालनको लागि चालिएको सहयोग अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष केदार अाले मगरले तितोपाटी डट कम लार्इ जानकारी दिएका छन् ।

खोटाङ बराहपोखरी २ सुन्तलेमा २०१८ बैशाख २३ गते शुक्रबार जन्म भै अाफ्नो बाल्यकालमा नै निकै दुःखका साथ कक्षा ८ सम्म पढेर बेलायती सेनामा भर्ना भएका ढक बहादुर राना मगर सानोमा छदा निकै फूर्तिलो र पढ्नमा तेज थिए । दुई कक्षा सम्म बराहपोखरी – १ डाडा खर्कको स्कुलमा पढे पनि पछि तीन कक्षा देखि पाँच कक्षा सम्म त्यो बेलाको श्री ज्यू प्राबी र अहिलेको श्री ज्यू माबि मै पढेको बताउने राना मगरले त्यस पछि हाईस्कुल नजिक नभएकोले तिन बर्ष सम्म घरमै बस्नु परेको तीतो सत्य सुनाए । उनका अनुसार  “तर पछि बुबा ममि सँग म पढ्छु भनेर झगडा गरेर भागेर बेल्टार पुगे पछि मात्र मलाई बुबा ममि र भिनाजु पहल मान सिं मगरले फर्काएर ल्याएर चिसापानी हाईस्कुलमा भर्ना गरि दिनु भएको थियो । त्यस पछि सुख दु:खका साथ डेरा लिएरै भए पनि ८ कक्षा सम्म पास गरि सके पछि २०३५ साल 1979 जनवरी तिर ब्रिटिस आर्मी 10 जि आरमा भर्ति भएर काम गर्ने मौका पाए तर राम्रो शिक्षा नभएको तथा गाउँको विद्यालयमा अंग्रेजी त्यति नपढेकोले भाषाकै कारणले धेरै समस्या भोग्नु पर्यो ।” अतीत कोट्याउँदै मगरले भने,  त्यो जमानामा त कता कम्प्युटर शिक्षा हुनु र ! अंग्रेजी सम्म त कनिकुथी पढेको मलाई ब्रिटिस आर्मीमा पनि  एक्कासी गोराहरुसँग भाषाकै कारण प्रत्यक्ष कुरा गर्नु नसक्नुको पीडा म आफै सँग छ भन्दै चिठी पत्र नै पाउन समेत महिनाै कुर्नु पर्ने त्यो जमानामा अहिलेको जस्तो नेटईन्टरनेट थिएन । त्यसैले पनि बुबा आमा अनि श्रीमतीको खबर सुन्न चिट्ठी मार्फत भए पनि महिनौ कुर्नु पर्थ्यो।

 राना मगर पहिले नै विद्यालयको लागि सहयोग गर्न चाहेर पनि सामुहिक एकता नभएर  सहयोग गर्न नपाएको लाहुरे जीवनको ती दिनहरू स्मरण गर्दै भन्छन्,  ‘धेरै पीडा भोगियो प्रदेशमा  । नेपाल छुट्टी गएको बेलामा मेरो जन्म थलो पनि पुगि रहन्थे । अझै पनि मेरो गाउँ निकै पिछडिएको देख्थें, केही गरौ जस्तो लाग्थ्यो तर एक्लैले गर्न खोजे पनि समाज एक नभए पछि केही सहयोग गर्न चाहेर पनि मेरो सहयोग दिने उपयुक्त समय र ठाउँ भएन । त्यसैले पनि मैले मेरो गाउँको स्कुललाई शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिन भन्ने लागि रहेको थियो तर आज म धेरै खुशी छु हिजो म एक्लैले गर्न नसकेको काम आज हामी सबै सुन्तलेमा जन्म भएर देश विदेशमा रहेका सुन्तले बासीहरु मिलेर यस श्री ज्यू माबी सुन्तलेको लागि कम्प्युटर शिक्षा र अक्षयकोष स्थापनाको लागि मेरो सल्लाह सुझाब र हामी सबैको एकताले गर्दा केदार आले मगर मगर भार्इको नेतृत्वमा अभियान चाल्न सफल भएका छौ।” राना मगरले भने ।

भुपु सैनिक जीवन बिताइरहेका राना मगर भन्छन्, बुढापाकाले भन्ने गर्थे “एकले थुकी सुकी हजार थुकी नदी” भने झै आज हामी हजारौ जनाको भिडमा सहयोग अभियान संकलन गरि रहेका छौ । त्यसैले त मैले पनि शिक्षामा भोगेको पीडाहरुलाई मेरो जन्मस्थानका मेरा प्यारा भाई भतिजा नातिनातिनाहरुले शिक्षामा पीडा भोग्नु नपरोस भनेर श्री ज्यू माबि सुन्तलेको लागि कम्प्युटर शिक्षा र अक्षयकोष स्थापनाको लागि मैले सकेको स्व-ईच्छाले रु १,००००० (अक्षेरूपी एक लाख नेपाली रुपैया) सहयोग गरेको छु।

अाफ्नो लामो प्रवासी जीवनको स्मरण गर्दै राना मगरले प्रबासमा रहेको ४१ बर्ष भयो अब आफ्नै गाउँमा फर्केर केही गरौ भन्ने योजना गरेको छु भन्दै अन्तमा सहयोग भन्ने कुरा धेरै थोरै ठूलो सानो हुँदैन मात्र मन ठुलो हुनु पर्छ । त्यसकारण तपाईंहरुको स्व-ईच्छाले तपाईहरुले पनि सहयोग गर्नु होला । आजका बालबच्चाहरुलाई राम्रो शिक्षा दियौ भने मात्र भोलीको उज्वल भविष्यको अाशा गर्न सकिने भएकोले दुःख ज्याला गरेर भए पनि शिक्षामा लगानी गर्न सबैलार्इ अनुरोध गर्दै राम्रो शिक्षा दिक्षा दिए पछि भोलीका दिनमा छोराछोरीको पढाई राम्रो खोज्ने अधिकार बुबा-अामा अभिभावकलार्इ प्राप्त हुन्छ भन्दै शिक्षालाई  सबैले पहिलो प्राथमिकता दिनु पर्छ भन्दै सेवाका क्षेत्रमा सहयोग गर्न खल्ती छाम्ने भन्दा पनि दिल खोलेर सकेको सहयोग गर्नु पर्ने बताए ।

यसैबिच श्री ज्यू माविको स्तरोन्नतिको लागि कम्प्युटर शिक्षा तथा अक्षयकोष स्थापना हेतु स्वदेश तथा विदेशबाट स्वस्फुर्त रूपमा सहयोग अाउने क्रम जारी रहेको बताउँदै  सहयोग अभियान मुल समितिका अन्तर्राष्ट्रिय अध्यक्ष केदार अाले मगरले रू एक लाख सहयोग गर्नु हुने ढक राना मगर ज्युलार्इ धन्यवाद दिंदै जन्म दिने अामा र जन्मभूमि, राष्ट्र र राष्ट्रियता कसैले पनि भुल्नु हुँदैन भन्दै अाफ्नो मातृभूमि, जन्मस्थानको विकासको लागि, अाफ्नो जन्मस्थानमा शिक्षाको उज्यालो घाम दिनको लागि चालिएको यस किसिमको सहयोग अभियान एक जना केदार अालेको मात्र नभएर सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको भएकोले अा-अाफ्नो स्थानबाट अाफ्नो गक्षले भ्याए सम्म सहयोग गर्नुहुन सबैमा हार्दिक अाव्हान गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत, यात्रु र कार्गो ट्राफिकमा कीर्तिमानी बृद्धि अनुभव गर्ने खाडी देशका विमानस्थलको विपरीत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भने खडेरी लागेको छ…

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको…

नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर…

प्रतिकृयाहरू
...