Tuesday 19th May 2026

किन राक्षसी रुप धारण गर्दैछन् टिपर चालक ?


बालकृष्ण घिमिरे – काभ्रेको बनेपा चारदोबाटोमा टिपरको ठक्कर बाट खनालथोक ४ नमोबुद्ध नपाका बाईक चालक जीत बहादुर तामाङको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चारदोवाटो सालीक अगाडि एउटै दिशा बाट आएको बाईकलाई टिपरले ठक्कर दिदा बाईक पल्टिएको र बाईक चालक उठेर आफ्नो कपडामा लागेको धुलो झार्दै टिपर चालकलाई पख् भन्दा टिपरको झ्यालबाट हेर्दै गरेका चालकले गाडी ब्याक गरी अप्रिय घटना घटाएको प्रत्यक्षदर्शीले बताए ।

दुर्घटना पश्चात टिपर सहित भाग्दै गरेका चालकलाई कारले छेकी चालकलाई समातिएको भन्ने बुझिन आएको छ | घटना पश्चात अाक्रोसित जनसमुहले टिपरमा आग्जनी गर्नुका साथै चालकलाई समेत हातपात गरेका थिए । उक्त घटना पश्तात चालकको टाउको फुटेको अपुश्ट हल्ला समेत चलेको छ ।

आक्रोसित भिडले चालकलाई सुरक्षा दिएको चारदोवाटो अगाडि रहेको पुलिस् बिट समेत तोड्फोड गर्न खोजेका थिए | भिडको एउटै स्वर थियो चालकलाई टिपर सहित जलाउन पाउनु पर्ने । अर्का प्रत्यक्षदर्शीका अनुसार समयमै प्रहरी चाैकीमा पुगेका कारण चालकको ज्यान भने जोगिएको छ ।

दुर्घटना चाहेर हुँदैन तर आजभोलिको टिपर आतंकले त्यसमा पनि घटना पश्तात चालकले ब्याक गरी गरी मान्छे मार्छन भन्ने हल्ला भित्रको सत्यताले “के टिपर चालकले राक्षेसी रुप धारण गरेरै आएका हुन त” भन्ने प्रश्न उठेको छ . साथै केही समय देखिको दैनिक टिपर दुर्घटना पश्तातको आतंकका कारण बाईक स्कुटी र सर्वसाधारणहरुको मृत्‍युको खवरले अन्य सार्वजानिक सवारिचालकले समेत गर्वले आफु ड्राईभर भन्न नसक्ने अवस्था सिर्जना भएको छ |

त्यसैले टिपर मालिक टिपर चालक टिपर व्यवसायी संघ समिती मजदुर संघ संगठन र सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ |

यो खवर लेख्दै गर्दा काभ्रेको भकुण्डेमा मृतकका आफन्त र स्थानियले आन्दोलन गर्दै सडक अवरोध गरेका छन |


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...