Sunday 15th March 2026

प्रियंका र प्रमोदले ‘कथा काठमाण्डु’ मा गरे ‘रातका कुरा’


तितोपाटी – चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ ।

गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई यसकी कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले कोरियोग्राफी गरेकी छिन् । संगीताले नै यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

गीतको बारेमा बोल्दै निर्देशक श्रेष्ठले, यो गीत र यसको भिडियोले चलचित्र बोल्ने बताइन् । काठमाण्डौ भित्र हुने ३ फरक फरक कथामा तयार गरिएको यो चलचित्रको भिडियोले युटुबमा सार्वजनिक भएसँगै चर्चा पाएको छ ।
प्रियंका कार्कीको यो हट अवतारले धेरैलाई अचम्मित समेत बनाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...