Friday 18th October 2024

नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम आधिवेशन भव्य रुपमा सम्पन्न


बसन्त थापा – नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रम जुलाई २० शुक्रवारका दिन कुवेतको खेतान स्थित राजधानी होटेलमा भव्य रुपमा सम्पन्न भएको छ।

प्रथम अधिवेशनले राकेश मनाग्थेन तामाङलाई अध्यक्षमा चयन गर्दै ७० जनाको कर्यसमिती समेत सर्बसहमतीमा चयन गरेको छ।

राकेश मनाग्थेन तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली दुताबासका श्रम-सहचारी ज्ञानेन्द्र शर्मा थिए भने जयनारायाण थारु र मैसिंग तामाङले कार्यक्रम सन्चालन गरेका थिए।उपस्थित सबैलाई छिरिङ्ग लामाले स्वागत मन्तब्यद्वारा सबैलाई स्वागत गरेका थिए।

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रमका प्रमुख अथितीमा नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा,बिशेष अथिती तितोपाटी डट कमका कार्याकरी सम्पादक- नारायाण पोख्रेल, सृजनशील समाज कुवेतका अध्यक्ष- पुष्कर धामी लगायतका विभिन्न बुद्धिजीबीहरुले सयुंक्त रुपमा दिप प्रज्वलन गरी केक काटेर कार्यक्रमको उद्धाटन गरेका थिए।

शुभकामना मन्तब्यकै क्रममा नेपाली दुतावास कुवेतका प्रमुख अथिती ज्ञानेन्द्र शर्माले कुवेतमा पत्रकारिता गर्न त्यति सजीलो नभएकोले सम्पूर्ण कुवेतमा संचालन मिडियाकर्मी तथा पत्रकारहरुलाई समाचार लेख्दा सम्पूर्ण घटनाको बारेमा बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेका थिए भने नयाँ कर्याकारी समितीलाई कर्याकाल सफलताको शुभकामना दिएका थिए। त्यस्तै मन्तब्यकै क्रममा नारायाण पोख्रेल, पुष्कर सिंह धामी, सुन बहादुर तामाङ्ग, अमृत तामाङ्ग, लगयातले आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा सोही संस्थाका सदस्यद्वारा म्हेन्दोमाया नृत्य प्रस्तुत गरेका थिए। जसमा कलाकारहरु यार्सली कान्छी, सुमिना लोप्चन, कार्लो तामाङ, आस्ना तामाङ,रिता तामाङ, लु माया तामाङ,पुड्का तामाङ,कुल बहादुर तामाङ, चो माया तामाङ लगायत रहेका थिए भने गायनमा बिस्व पासा तामाङ,मानसिङ तामाङ, बिराज तामाङ लगायत मिलन लामा, सुनिल परियार लगायत कलाकारहरुले उपस्थित अतिथिहरुलाई मनोरन्जन प्रदान गराएका थिए।

समाजले सहयोगी व्यक्तित्व र कुवेतमा रही सत्य तथ्य खबर हरुलाई पचार प्रसारण गरी कुवेतमा हुने हरेक कार्यक्रम सफल पार्न मिडिया कर्मी हरुको अहम भूमिका रहेकोले सोहि कार्यलाई मध्यनजर गर्दै कुवेतमा संचालन सम्पूर्ण मिडिया हरुलाई खादा ओढाई सम्मान पत्र प्रदान गरेको थियो।

कार्यक्रमको अन्तमा अध्यक्ष तामाङ्गले नुवाकोट रसुवा धादिङ्ग समाज कुवेतलाई विभिन्न तहबाट सहयोग गर्नुहुने र प्रथम अधिवेशन तथा बृहत सांस्कृतिक कर्याक्रमलाई भव्य र सव्य रुपमा सफल बनाउन बिशेष योगदान दिनुहुने पत्रकार, कलाकार,विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत कुवेतमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु र समस्त नेपाली जनहरुलाई हार्दिक धन्यबाद संगै कार्यक्रम समापनको घोषणा गरेका थिए।

समाजको पदाधिकारी हरुको नामावली यस प्रकार रहेको छ।

प्रमुख संरक्षक-राम लामा घलान तामाङ
बरिष्ठ सल्लाहकार- सुन बहादुर तामाङ
सल्लाहकार- टेक बहादुर तामाङ, कुल बहादुर तामाङ
अध्यक्ष- राकेश मानाग्थेन तामाङ
उपाध्यक्ष- छिरिङ्ग तामाङ
महिला उपाध्यक्ष-सुमिना लोप्चन
प्रथम उपाध्यक्ष- बिश्व पासा तामाङ
दितिय उपाध्यक्ष- प्रशान्त तामाङ
महासचिव अविनास तामाङ
सचिव-जीवन तामाङ
सह-सचिव- निमा घले
कोषाध्यक्ष -कार्लो तामाङ
सह,कोषाध्यक्ष-मिन्गमा तामाङ
प्रबक्ता-मैसिंग तामाङ
सह प्रवक्ता- सुर्य बहादुर तामाङ
सास्कृतिक विभागमा
सास्कृतिक विभाग प्रमुख नुवाकोट- मान्सिङ्ग तामाङ
सास्कृतिक विभाग उपप्रमुख धादिंग-रिता माया तामाङ
सास्कृतिक विभाग उपप्रमुख रसुवा-डोल्मा तामाङ
महिला प्रमुख-हित माया तामाङ
उप प्रमुख-दिल माया तामाङ
खेलकुद बिभाग प्रमुख-बिकास तामाङ
संचार बिभाग प्रमुख-पेम्बा तामाङ
यातायात बिभाग प्रमुख-रेम लामा तामाङ
आर्थिक बिभाग प्रमुख-लु माया तामाङ
अनुशासन बिभाग प्रमुख-कोल्सोंग तामाङ
जिल्ला एरिया प्रमुख
धादिङ्ग जिल्ला एरिया प्रमुख-पुड्का घले
धादिङ्ग जिल्ला उपप्रमुख-मोटु माया तामाङ
नुवाकोट जिल्ला एरिया प्रमुख-चन्द्र बहादुर बैरागी तामाङ
नुवाकोट जिल्ला उपप्रमुख-सुर्यामान् तामाङ
रसुवा जिल्ला एरिया प्रमुख-फुर्पा मोक्तान तामाङ
सदस्यहरु:-
दावा तितुंग तामाङ,गोसा तामाङ,रेश्मा लामा,सुर्जमान तामाङ,जल माया तामाङ,वीर बहादुर तामाङ,बलसिङ्ग तामाङ,नबिन तामाङ,जितेन्द्र तामाङ,बिकास तामाङ,सुर्य तामाङ,मन्दिरा तामाङ,चो माया तामाङ,केसव लम्साल,फैसिंग तामाङ,आर्यान तामाङ,मान्सिङ्ग तामाङ,मुस्कान घले,दिपक तामाङ,शर्मिला तामाङ,ब्लेस तामाङ,सोम बहादुर तामाङ,शासिन्द्र तामाङ,बिर बहादुर तामाङ,केल्सोंग तामाङ,हेम तामाङ,सुकु माया तामाङ,रिक्ति माया तामाङ,लाल माया तामाङ,बिम्बा घले,सर्चित जोम तामाङ,दावा तामाङ,म्हेंदो तामाङ,शेर बहादुर तामाङ,राहुल तामाङ,चिरी माया तामाङ,खापा घले,दिप योंजान,सलमाया तामाङ,दावा थोकर,नव राज आचार्या,होरिजन राई तामाङ


सम्बन्धित शीर्षकहरु

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने…

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

वैज्ञानिक अनुसन्धानकर्ताहरूले कोरल संरक्षणमा भविष्यमा योगदान पुर्‍याउने प्रयासमा उच्च ताप सहिष्णुताको सामना गर्न कोरलहरूलाई सफलतापूर्वक प्रजनन गरेका छन्। न्यूक्यासल युनिभर्सिटीको…

प्रतिकृयाहरू
...