Thursday 25th April 2024

मकवानपुरमा ससुराको हत्या गर्ने बुहारीलार्इ सर्वस्व सहित जन्मकैद


तितोपाटी – पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो ।

ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।

हत्यामा संलग्न बुहारी ठूलीमायालाई सर्वस्वसहित जन्मकैद तथा नातिनी १५ वर्षकी मनितालाई ५ वर्ष कैद फैसला गरेको हो ।

नातिनीको हकमा भने नाबालिग रहेको कारण दुइवर्ष मात्र कैद तोकिए पनि बालिका भएको भन्दै अदालतले फैसला स्थगन गरेको छ ।

हत्याको खबर आएपछि बकैयास्थित हात्तिसुँडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएको भन्दै बुहारी ठूलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिइएको थियो ।

हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको सिलसिलामा विदेशमा छन भने ३ जना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ ।

ठूलीमायाले ससुराको हत्या गर्ने क्रममा उनका श्रीमान भने विदेशमा थिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...