Sunday 4th October 2026

बाँकेमा स्वीमिङ पुलमा डुबेर १० वर्षीया बालिकाको मृत्यु


तितोपाटी – बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् ।

होटलले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

स्विमिङ पुल सञ्चालक ३२ वर्षीय सूर्यदय श्रेष्ठ र २१ वर्षीय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियामा ३० हजारदेखि ४० हजारसम्म पाकिस्तानी सैनिक तैनाथ भएको एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनीहरूको मुख्य…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि…

तेहरान/गाजा — इरानले हमासलाई रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्ने विषयमा कुनै प्रतिबद्धता नजनाएको एक प्यालेस्टिनी स्रोतले इजरायली सार्वजनिक प्रसारक…

प्रतिकृयाहरू
...