Sunday 4th October 2026

उपत्यकामा दिन दहाडै पेस्तोल किनबेच !


तितोपाटी – उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलासा भएको छ ।

प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो ।

स्रोतका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् ।

विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।

काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ ।

स्रोतका अनुसार उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याग्जिन पनि बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनको राजधानी कीभमा आइतबार रुसी ड्रोनले उत्तरी पुल (नर्दर्न ब्रिज) मा आक्रमण गर्दा दुई जना घाइते भएका छन्। आक्रमणका बेला…

साउदी अरेबियामा ३० हजारदेखि ४० हजारसम्म पाकिस्तानी सैनिक तैनाथ भएको एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनीहरूको मुख्य…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि…

प्रतिकृयाहरू
...