Sunday 1st February 2026

कुवेतमा २०५ औ भानु जयन्ति बिशेष रचना बाचन गर्दै सम्पन्न


बसन्त थापा कुवेत – बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ।

भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए।

राजेन्द्र बिरहीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा  महिला पत्रकार नैना कला राइले कार्यक्रममा उपस्थित सबैलार्इ स्वागत गरेकी  थिइन् ।
उक्त कार्यक्रममा कुवेतको एक दशक भन्दा लामो समयको बसाइलाइ बिट मार्दै नेपाल फर्कन लागेका गजलकार मनोज मनसुन काफ्लेलार्इ सम्मान तथा बिदाइ गरिएको थियो।

रचना बाचन कार्यक्रममा- मनोज काफ्ले, नैना कला राइ, प्रविन आचार्य बिमल श्रेष्ठ, आकास सेर्पा यात्री, माधव पाैडेल असल यात्री, निरुमाया खड्का हिमाल अन्जान सानु लामा, पुर्णिमा बूढा मगर, धनुमाया बिक,प्रसाद तिम्सिना, जानकी जानु, राजन श्रेष्ठ लगायतको रचना बाचन रहेको उक्त कार्यक्रममा कविहरुले कतै देश सम्झिए, कतै माया प्रेमका भावलाइ सम्झिए त् कतै प्रदेश बस्दाका दुःखद अनुभवहरुका रचना बाचन गरेका थिए भने सो कार्यक्रमको संचालक गजलकार अमर खड्काले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...