Sunday 22nd March 2026

चीनद्वारा दुइवटा भू-उपग्रह प्रक्षेपण


तितोपाटी – चीनले पाकिस्तानको लागि सोमबार दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण गर्यो । लगभग १९ वर्षको दौरानमा लङ्ग मार्च–२सी रकेटको यो पहिलो अन्तराष्ट्रिय व्यवसायिक प्रक्षेपण हो ।

पीआरएसएस–१ र पाकटीईएस–१ए नामका ती दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट विहान ११ बजेर ५६ मिनेटमा प्रक्षेपित गरियो ।

पीआरएसएस–१ पाकिस्तानलाई बेचिएको पहिलो अप्टिकल रिमोट सेन्सिङ्ग भूउपग्रह हो । यो चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजी(सीएएसटी)द्वारा कुनै विदेशी खरिददारको लागि विकसित १७ औं भूउपग्रह हो ।
पाकिस्तानद्वारा विकसित गरिएको वैज्ञानिक खोजमा उपयोग हुने पाकटीईएस–१ए लाई पनि त्यहि रकेटबाट अन्तरिक्ष पठाइयो ।

चिनिया सरकारी एजेन्सी शिन्हुआको रिपोर्ट अनुसार अगस्ट २०११ मा सञ्चार उपग्रह पाकसैट–१ आरको प्रक्षेपणपछि चीन र पाकिस्तानबीच भएको यो अर्को अन्तरिक्ष सहयोग भएको छ ।

पीआरएसएस–१ को प्रयोग जमिन र संसाधनको सर्वेक्षण, प्राकृतिक विपत्तीको निगरानी, कृषी अनुसन्धान, सहरी निर्माण र सीमा एवम सडक क्षेत्रको लागि रिमोट सेन्सिङ्ग सूचना उपलब्ध गराउनको लागि गरिनेछ ।
केही सुरक्षा विज्ञले पाकिस्तानले यी भूउपग्रहहरुलाई भारतको निगरानी गर्नको लागि प्रयोग गर्ने बताएका छन् ।

सोमबारको यो प्रक्षेपण लङ्ग मार्च रकेट श्रृङ्खलाको २७९ औं अभियान र करिब दुई दशकपछि पहिलो अन्तराष्ट्रिय प्रक्षेपण हो । सन् १९९९ मा यसले मोटोरोलाको इरिडियम उपग्रह प्रक्षेपण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...