Friday 26th April 2024

सन्ध्या जोशीको ‘मेरो सारा खुशी तिम्रो भागमा परोस’


तितोपाटी – नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ ।

कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा गायिका जोशी स्वयम्ले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन देवजंग थापाले गरेका हुन् ।

सन्ध्याले अघिल्लो शुक्रबार मात्र नयाँ गीत ‘मिर्मिरे’ सार्वजनिक गरेकी थिइन् । गायिका जोशीले यसअघि दुई गीत सार्वजनिक गरिसकेकी छन्।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...