Sunday 1st February 2026

नयाँ दिल्लीमा एकै परिवारका ११ जना झुण्डिएको अबस्थामा मृत फेला परे


तितोपाटी – भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ। ११ जना मृतक मध्ये ३ जना ‘टीनएजर्स’ र एक ७५ वर्षीया वृद्धा रहेका छन्। प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ। उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइउडको पसल संचालन गर्दै आएका थिए। उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७:३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेर हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको बताइएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...