Monday 2nd March 2026

नयाँ दिल्लीमा एकै परिवारका ११ जना झुण्डिएको अबस्थामा मृत फेला परे


तितोपाटी – भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ। ११ जना मृतक मध्ये ३ जना ‘टीनएजर्स’ र एक ७५ वर्षीया वृद्धा रहेका छन्। प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ। उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइउडको पसल संचालन गर्दै आएका थिए। उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७:३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेर हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको बताइएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

प्रतिकृयाहरू
...