Saturday 21st March 2026

स्मार्टफोनको स्टोरेज कसरी बढाउने ?


तितोपाटी – आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ ।

मोबाइलमा तपाइँले राखेका वा सिर्जना गरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ । स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् । यस्तोमा मेमोरी खाली गर्नका लािग सबै डाटालाई जथाभावी डिलिट गर्ने कुरा पनि भएन । र, अर्को बुझ्नुपर्ने कुरा के भने हाम्रो मोबाइलमा केही त्यस्ता अनावश्यक सामाग्री पनि हुन्छन् जसलाई सावधानीपूर्वक हटाउने हो भने केही स्टोरेज खाली हुन्छ । तसर्थ स्मार्टफाेनकाे स्टोरेज स्पेस खाली गर्न यी उपायहरु अपनाउनु पर्दछः

१. अनावश्यक एपहरु अनस्टल गर्नेः एपहरुले स्मार्टफोनमा स्टोरेजको ठूलो हिस्सा ओगटेका हुन्छन् । त्यसैले आफुले प्रयोग नगर्ने वा प्रायः प्रयोगमा नआउने एपहरु अनस्टल गर्नु पर्दछ ।

२. फ्रि अप स्पेस अप्सनको प्रयोग गर्नेः यदि तपाइँको स्मार्टफोनमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम प्रयोग भएको छ भने त्यसमा जंक डाटा हटाउने बिल्टअप फिचर उपलब्ध हुन्छ । स्मार्टफोनमा रहेका जंक डाटा हटाउनका लगि सेटिंग अप्सनमा जाने र त्यहाँ रहेको स्टोरेज खण्डभित्र रहेको फ्रिअप स्पेसनमा ट्याप गरी डिलिट गर्न चाहेका जंक फाइलहरु छनोट गरी डिलिट गर्न सकनुहुन्छ ।

३. मल्टिमिडिया सामाग्री हटाउनुहोस्ः फोटो तथा भिडियोले मोबाइलको स्टोरेजमा धेरै भाग ओगटेका हुन्छन् । त्यसले आफुलाई अत्यावश्यक बाहेक दोहोरिएका वा अन्य अनावश्यक फोटो, भिडियो तथा म्युजिक फाइल डिलिट गर्नुपर्दछ ।

४. क्लाउडको प्रयोगः आफ्ना फाइलहरुलाई क्लाउडमा सेभ गरी त्यसलाई आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल फोटोज एपमा तपाइँ आफ्ना फोटोहरु निशुल्क रुपमा स्टोर गर्न सकनुहुन्छ । त्यस्तै गुगल ड्राइभ, ड्रपबक्स, वन ड्राइभ आदिजस्ता क्लाउड सर्भिसलाई पनि तपाइँ आफ्ना स्मार्टफोनका डाटा ब्याकअप गर्नमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसरी ब्याकअप गरिसकेपछि आफ्नो स्मार्टफोनलाई खाली गराउन सक्नुहुन्छ ।

५. स्मार्टफोन रिसेट गर्नेः यदि माथि उल्लेखित उपायहरुले पनि काम गरेन भने तपाइँ स्मार्टफोनमा फ्याक्ट्री रिसेटको विकल्प प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइँको स्मार्टफोनका सबै डाटा डिलिट गरिदिन्छ । तर यसो गर्नुअघि स्मार्टफोनका डाटाहरु कतै ब्याकअप राख्न चाहीँ नबिर्सनुहोला ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...