Saturday 31st January 2026

भोजपुरमा ६२ वर्षीया अामा बलात्कार गर्ने छोरा पक्राउ


तितोपाटी – भोजपुरमा आफ्नै छोराबाट एक वद्धा बलात्कृत भएकी छिन्।साल्पासिलिछो गाउँपालिका- ४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए।

पीडित आमाले आफूलाई छोराले पटकपटक करणी गरेको भन्दै प्रहरी चौकी दोभानेमा उजुरी दिएपछि आरोपित शेर्पालाई पक्राउ गरिएको प्रनाउ थारुले जानकारी दिए।

यसअघि पनि आफ्नै आमालाई बारम्बार जबरजस्ती करणी गरेको आरोप लागेका शेर्पालाई आइतबार नै पक्राउ गरी पीडित आमाले दिएको उजुरीको आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर लगिएको छ।आरोपित शेर्पालाई अनुसन्धानपश्चात कानुनी प्रक्रिया अगाडी बढाइने प्रनाउ थारुले बताए।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...