मनिश अम्गार्इ – संसार टेडो छ टेडो नै हेर्न मोज आउछ, प्रकृतिलाई फुल छ्हरा मन पर्छ, मानिसलाई भविष्यको सपना । म छोटो समयमा धेरै पैसा कमाई सरल जीवन जिउन चाहन्थें । भबिष्य त पहिले नै लेखिएको हुन्छ भन्ने धारणा थियो । तक्दिरमा जे लेखिएको हुन्छ त्यो राम्रो नै हुन्छ भन्ने बिश्वास थियो, बर्तमान विगतले सिकाएकत्र अनूभवमा आश्चर्यले बितेको हुन्छ भबिस्यको कुनै ज्ञान हुँदैन भन्ने थाहा थियो । मानिसहरु बदलिन्छन, प्रेमले चोट दिन्छ, साथीहरू छुटी जान्छन् समयले धोका दिन्छ, बुनेका सपनाहरु तोडिन्छ तर याद रहोस् जीवन चलिरहन्छ ।
हो मेरो जीन्दगी पनि परदेशको सपना बोकेर चलिरहको थियो म परदेश जाने सपना पुरा भएको थियो । म त्रिभुवन विमानस्थलको टर्मिनलमा लाईनमा बसें, बोर्डिङ पास भयो । जब म एयरक्राफ्टको प्रतिक्षालयमा बसिरहेको थिए अनेकौं कुरा मनमा ऊब्जेका थिए । मैले भबिस्यको सपना देख्न थालिसकेको थिए । आफ्नो मान्छेहरु त आफ्नोे नै हुन्छन् तर जो अपरिचित मानिसहरु आफ्नो बनाउन सकिन्छ ऊ नै सच्चा मित्रको रूपमा चिनिने गर्दैछ् भने आभास भयो । नजीकैका मानिसहरु सँग सोधेँ सर कहां सम्म ? कोही साउदी कोही कतार कोही दुबई आदि इत्यादी । हवाइयात्रुका प्रतिक्षा कक्षमा खटिइने कर्मचारीहरूको पनि फरक किसिमको दैनिकि गुज्रिरहेको हुन्छ । हजारौं यात्रुहरू आउछन् तर केहि क्षणमै सबै आफ्नो गन्तव्य तर्फ लागि रहन्छन् भने कर्मचारीहरू पनि अहोरात्र सेवामा खटिरहन्छन् ।
म हवाइजहाज ऊड्ने समय हेर्दै थिए । अझै पन्ध्र मिनेट थियो अनि घर तिर फोन गरे ।आमा सग केहि बेर कुरा गरे । बुढापाकाले भन्थे “रुन सजिलो होला तर सहन गाह्रो हुदो रहेछ ।” त्यस्तै भयो अनि भने आमालाई म जाने बेला भयो अहिले राखिदिन्छु । म जहाज तर्फ लागे, सिडी चढि सिट नम्बर हेरी बसें, अनि सिट बेल्ट चेक गरे ठीक रहेछ । एकछिन पछि एक जना दाइ आउनु भयो मैले सिट बेल्ट लगाउदै फुकाल्दै गरिहेको थिएं अनि दाईले भन्नुभयो, चेक गरेको की सिकेको ? मैले हाँस्दै भने सिकेको ………………………….
जब हवाइजहाजले जमिन छोड्यो मेरो कान ढुम्म भयो, एक्कासी राती सालघारीमा कतै किरा कराए जस्तो, सुन्न्य पोखरी भित्र डुबुल्की मारेको जस्तो, एक्छिन अघि सम्म सामान्य नै थियो । आखा खोल्न सकिन अनि छामे के भएछ भनेर आखा चिम्लिदा ब्रह्माण्ड नै घुमिरहेको जस्तो लाग्यो । अाँखा बन्द गरेकोले मलार्इ अाफु कुन भूगोलमा छु ठम्याउन गार्हो भयो । परेलामा कतै नक्सा देखिदैन लगातार धसाई धसाई मात्र महशुष भयो । दायाँतिर गोजीको मोबाइल छाम्न खोजे हात उठाउन सकिन । दाया कम्मरले च्यापिएर होला हात निर्जीव ढुंगा झै जमीन नै धसिएको थियो । वरपरको रुखमा कतै चरा कराएको पनि सुनिन । म भूगोल को कुन अक्षांष र देेशान्तरमा छु मेरो आबस्था के छ थाहा छैन । पन्ध्र मिनेट अघीको आकाशमा डम्म बादल र सीम्सीम पानी परेको सम्झन्छु जताततै मान्छेहरु कराएको आवज सुन्छु आँखा उस्तै चीम्म्लिएको, कता कता काम गरेको जस्तो लागेको थियो तर सोचार्इमा मलाई भयंकर एेंठन परेको रहेछ ।
त्यति बेला मात्र मलाई बिपना जस्तो लाग्यो जब पन्ध्र मिनेट अगाडी नेपथ्यमा कोही कारायको सम्झें अनि सोचें जीन्दगी कुनै चलचित्र होइन दोहोर्यार्इ तेहेर्याइ हेर्नको लागि बितेका कुरामा धेरै नअल्मलिइ त्यसबाट पाठ सिक्दै अघि बढनु नै ऊचित लाग्यो । जब जहाज जोडले बादल भित्र छिर्यो, रोटे पिङ झैं तल र माथि गर्यो तब मलार्इ पनि पोखरीमा डुबुल्की मारे झैं संसारबाट बेखबर भएको आभास भयो । संसारमा सबै भन्दा सजिलो श्वास फेर्न भखर जन्मेको बालकले पनि कति सजिलै फैरी रहेको हुन्छ । श्वास निदाएको मानिसले पनि कति सजिलै फेर्दछ ,पानी भित्रको माछाले पनि कति फर्दछ । श्वास फर्न जतिको अप्ठ्याराे पनि केहि होइन जीवनको आन्तिम घडीमा मान्छे सानो कारणले जीन्दगीको मैदानमा लड्छ सबै भन्दा सजिलो नै सबैभन्दा गाह्रो भैदिन्छ । हो मलाई त्यस्तै भयो, सबै अपरिचित, जीवनमा कहिल्यै पनि हवाइजहाज नचढेकोले पनि त्यस्तो महशुष भएको हुन सक्छ ।
समय भन्दा ठूलो किताब र अनुभब भन्दा महान शिक्षक यो संसारमा कतै छैन । अनि सोचे परदेश गएपछि जीवन पानी जस्तो पारदर्शी र आकास जस्तो अनन्त रङहिन बानाउँछु तर हुँदैन रहेछ, सोचे जस्तो जीवन मैले कल्पना गरे भन्दा छाेटाे रहेछ । नजिकैको दाइले मोबाईलमा केही हेर्दै हाँस्दै गरेको मैले प्रष्ट देखें, प्रायः सबैजना फोनमा झुन्डिएको देख्दै थिए,जहाजले ट्रान्जिटको लागि दुवर्इको सारजाह विमानस्थलमा अवतरण गर्यो, सबै जहाजबाट ओर्लिए, म पनि ओर्लिए बिदेशको भुूमि पहिलो पटक टेक्दै थिए मनमा डरले ढ्यांग्रो ठोक्दै थियो । सबै जाना लाइनबाट आ आफ्नो गन्तब्यमा जानको लागि बाटो लागे मैले पनि दुई जाना साथी भेटे डर अलि कम भय जस्तो भयो । अरबीहरुमा कुनै दया माया हुदैन रे अनि सोचें अरबको कारागारमा भगौडा कामदारहरुको आइडेन्टीफिकेसन हुने दिन कारागारमा आँसुको भेल हुन्थ्यो त्यसमा कुनै न कुनै अभागी निस्कन्थ्यो अनि आफ्नो कामदार देख्ने बित्तिकै कानको जाली फुट्ने गरि झापड, कसैले कम्मरको पेटि फुकालेर आफ्नो रिस न मरुन्जेल सुम्ल्याउछन भनेर, अनि त्यति मात्र थाहा हुन्छ आफू निर्दोष हुनुको आभास , अनि डर लाग्यो यो बिरानुो मुलुकमा के हुने हो भनेर । मेरो बिहानको प्रस्थान थियो कुबेत, सबै साथी मिलि हल तिर गयर बस्यौं । त्याहा खाने सुत्ने मुडमा कोहि पनि देखिदैन थिए, वैटिङ हल रेलको डिब्बा जस्तो थियो, त्यहा कोहि स्थायी बासिन्दा थिएनन् सबै आउने जाने मात्र देखिन्थे।
बिहान हाम्रो कुबेतको लागि बोर्डिङ पास भयो अलि कति मनमा डर बढ्न थाल्यो । हामी सबै लाइनमा बस्यौं तीन जाना मध्य मेरो र अर्को साथी को कुन्नी के के पुगेन भनेर रोकिदियो अघि सम्म त सबै सँगै थियौ केही राहत भएको थियो अब भने मनमा अनेक शंका उपशंका उठ्न थाल्यो । उस्ले कुन्नी के के भन्यो अरबीमा मैले केही बुझिन । एकछिन उभियौ हामी दुबै जानालाई पछि फेरि बोलायो र बोडिङ पास दियो । अनि अलि राहत मिल्यो बिचरा त्यो साथीलाई दिएन यो सम्बन्ध भन्ने चिज पनि यस्तै रहेछ ! हास्दा सङै हास्ने तर रुदा एक्लै रुनु पर्ने, ढुङ्गालाइ पनि माटो को आड चाहिंदो रहेछ । दुःख पर्दा मन मिल्नेको न्यानो साथ चाहिन्छ भन्ने थाहा थियो आखिर साथी एकलै भयो । उचाई बाट खस्यो भने ढुङ्गा त फुट्दो रहेछ यो मन त हो छाती दस ठाउँमा चर्किदो रहेछ। साथी छुट्नुको पीडाले एकछिन मनमा सन्नाटा छायो । भुक्तभोगीहरूले भन्थे, ‘शरीरमा चोट लागे कमजोर बनिन्छ मनमा चोट लागे अनुभबी बनिन्छ ।’ हो जस्तै लाग्यो बिरानो ठाँउमा साथी छोड्दाको चोट यो मनमा अबिस्मरणीय भएर बसेको छ । जहाजमा बसे, काठीन समयमा बुद्धिमान मानिस बाटो खोज्छ्न् भने कायरले बाहना मात्रै बनाउँछन् । लाग्यो मैले कुनै युद्ध जेतेर आएको जस्तो सीट बेल्ट लगाएं र निदाए जस्तो गरे । विश्वास पनि इरेजर जस्तै रहेछ हरेक गल्तीसँगै सानो हुँदै जाने ।
जहाजको झयालबाट बाहिर हेर्दा सेतो बादल निकै तल दैखिन्थ्यो समुन्द्र, म यो रोमाञ्चक दृष्य भुल्न खोजी रहे् तर मलाई घरको याद आएरहयो । दुबईको आठ घन्टाको ट्रान्जिट बिताउन गाह्रो भएको थियो । त्यो भन्दा पनि गाह्रो महसुस हुँदै गैरहेको थियो ।
हवाईजहाजबाट ओर्लनु अघी हेरें, कुवेतमा कतै रुख देखिदैनथ्यो, मात्र बसका भीड भाड मात्र यी सबै मलाई निकै नाैलो लाग्यो । मलाई आफ्नो देशको हावापानी माटो र रुखहरुले गिज्याइरहेको जस्तो लाग्यो । मरो बिछोडमा सिंगो नेपाल रोइरहेको जस्तो लाग्यो, मरो मन सुकिलो हुन सकेन ।
म कुवेत एअरपोर्टको एक्जिट टर्मिनलमा पुगें, बाहिर निस्कें तातो हावा तातो बाफले मलाई आफ्नो जन्मभूमिको याद दिलायो ।अनि सम्झे कुन्न्ती मुकतन्को “चोली राम्रो पाल्पाली दाका को …. ।” त्यस दिन देखी मैले त्यो चिसो हावाको अनुभब गर्न पाएको छैन । अहिले म यो मरुभूमिमा खजुरको रुखमा आड लगाउन बाहेक अरु केहि छेन ।सोचे जस्तो हुन्न रहेछ जीवन, बच्चामा रोएर जितिन्थ्यो, अहिले हारेर पनि हाँसेर सहनुपर्दछ । मृत्यु र जन्म बिचको हलचल रहेछ जीवन । संघर्षमय जीवन जिउन प्यारो मातृभूमि छोडेर मरूभूमिलार्इ कर्मथलो बनाएर बस्न बाध्य हुन परेको छ । आफ्नो सपना पुरा गर्न अन्तिम श्वाससम्म कोशिष गर्नुपरेको छ । गन्तब्य र अनुभव बिरलै प्राप्त हुन्छन् । आज मलाई कसैले स्वर्ग देखेका छौ ? भनेर सोध्यो भने मैले मुस्कुराउदै भन्ने छु “नेपाल “