Saturday 31st January 2026

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ


राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे झैटी देउराली ८ घर भई सीतापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी ३ निवासीे २९ वर्षीय कमल गुरुङ रहेका छन्।

थापा राधे समूहको गुण्डा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनले आफूलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने भनी बताउँदै आएका थिए।

त्यस्तै, गुरुङ देव कुमार थापाको समूहमा रही गुण्डागर्दी गर्दे हिड्ने गरेको खुलेको छ। उनले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर हुँ भनी बताउँदै आएका थिए।

पछिल्लो समय ठमेल र ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने गरेको भन्ने गोप्य सूचना आएपछि परिसरले प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली खटाएको थियो।

उक्त टोलीले बुधबार राति शंकास्पद कालो झोला बोकी ठमेल, ज्याठाको गल्लीमा हिडिरहेको अवस्थामा थापा र गुरुङलाई नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा १ थान रिवल्वर र खुकुरी फेला पारेको थियो। हतियार भेटिएपछि हतियारसहित पक्राउ गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...