Saturday 10th January 2026

श्रीलंकामा नदीमा खसेर नेपाली माउन्टेन बाइकरको मृत्यु


तितोपाटी – श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले भने, उहाँको आर्थिक अवस्था कमजोर छ । आयस्रोत केही पनि छैन । श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठायौं । राष्ट्रियस्तरको खेलाडीका लागि सरकारको सहयोगको आशा राखेका छौं ।’

एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।

नजिकैको जलाशयमा राखिएको शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंकाको प्रहरीले जनाएको छ ।

श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।

महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनको घोषणा गरेको हो ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...