Thursday 12th March 2026

श्रीलंकामा नदीमा खसेर नेपाली माउन्टेन बाइकरको मृत्यु


तितोपाटी – श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले भने, उहाँको आर्थिक अवस्था कमजोर छ । आयस्रोत केही पनि छैन । श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठायौं । राष्ट्रियस्तरको खेलाडीका लागि सरकारको सहयोगको आशा राखेका छौं ।’

एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।

नजिकैको जलाशयमा राखिएको शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंकाको प्रहरीले जनाएको छ ।

श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।

महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनको घोषणा गरेको हो ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...