Monday 1st September 2025

पुजाले बिदेशमा दुख गरेर कमाएको सम्पत्ति आफनै साथीले उडाईदिएपछि


अर्काको नाममा रहेको चेक अनधिकृत रूपमा प्रयोग गरी लाखौँ रुपैयाँ झिक्ने एक युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका १ बस्ने २४ वर्षीय विनय धिमाललाई इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो ।

विराटनगरकी पूजा विश्वकर्माले एक वर्ष दुबईमा बसेर कमाएको चार लाख १५ हजार रुपैयाँ पूजाको चेकमा नक्कली हस्ताक्षर गरी उनकै मिल्ने साथी विनयले विभिन्न मितिमा झिकेका थिए । पूजाको नाममा रहेको बैंक खाताबाट लाखौं रुपैयाँ विराटनगरमा शाखा कार्यालय रहेको हिमालयन बैंक लिमिटेडबाट झिक्ने धिमाललाई विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
‘प्रारम्भिक चरणको बयानमा निजले लाखौँ रुपैयाँ फरक–फरक मितिमा झकेको देखिन्छ,’ रानीका प्रहरी प्रमुख निरौलाले भने,’ रकम झिकेको बयानको क्रममा प्रतिवादीले स्वीकार गरेका छन् । ’ प्रहरीले उनलाई बैंकिङ कसुर अपराध मुद्दामा उच्च अदालत विराटनगरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । बैंकिङ कुसर मुद्दा जिल्ला अदालतले नहेर्ने भएकोले उच्च अदालतमा म्याद थप गरिएको हो । यसरी निकालियो रकम पूजा र विनय मिल्ने साथी हुन् ।

विवाहित विनय विराटनगरमा सिटी रिक्सा चलाउने काम गर्थे । सारोगाह्रो गर्दा पूजाले विनयलाई सहयोग पनि गर्दै आएकी थिइन् ।

वैदेशिक रोजगारको लागि दुबई जाने तयारीमा रहेकी थिइन, पूजा । उनको भिषा आएपछि २०७४ असार ७ गते विदेश जाने भइन् । घरबाट विदेश जान आफूलाई चाहिने आवश्यक सामाग्री लिएर घरबाट विनयको सिटी सफारीमा विराटनगर एयपोर्टसम्म गइन् । एयरपोर्टमा ब्याग खोलेर हेर्दा हिमालय बैंकको चेकबुक भेटेपछि पूजाले चेक घरमा लगेर छाडिदिन विनयको हातमा चेकबुक थमाइदिइन् । राम्रोसँग चिनजान भएकोले विनयको विश्वास गरेर चेकबुक दिएकी थिइन् । तर, विनयले पूजाको आमालाई चेक नदिई आफनै साथमा राखे । चेकबुकमा सबै चेकहरू सकिएको थियो । एउटा चेक रिक्योर्स अर्डर अर्थात चेकबुक सकिएपछि अर्को चेकबुक निकाल्ने स्लिप लिएर पूजाको नक्कली हस्ताक्षर गरी विनय बैंकमा गए । अरूबेला पनि पूजासँगै पैसा निकाल्न बैंक जाने गरेका उनले पूजाको हस्ताक्षर याद गरेका थिए । पूजाले आफ्नो नाम लेखेर हस्ताक्षर गर्ने गरेको देखेको उनले दुरुस्त हस्ताक्षर गरेर बैंकबाट चेकबुक निकाले ।

लामो समय विदेश बस्दा पूजाले राम्रो पैसाँ कमाएकी थिइन् । कमाएको पैसा सबै उनले आफ्नो नाममा रहेको बैंकखातामा पठाइन् । २०७५ जेठ ४ गते विदेशबाट घर आएकी उनले बैंकमा पैसा निकाल्न जाँदा खातामा रकम नभएको जानकारी पाएपछि चकित भएकी थिइन् । दुःख गरेर कमाएको पैसा बैंकबाट हराएपछि उनको निद्राहराम नै भयो । आफूले बैंकमा रकम विदेशबाट बारम्बार पठाएको र खातामा रहक हुनुपर्ने भन्दै पूजाले बैंकको स्टेटमेन्ट निकालिन छन् । बैंक स्टेटमेन्ट हरेपछि आफूले विश्वास गरेको विनयले नै रकम निकालेको पुष्टि भयो । त्यसपछि उनी कानुनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा पुगेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको पञ्जाबले इतिहासकै सबैभन्दा ठूलो बाढीको सामना गरिरहेको छ, जसले २० लाख मानिसहरूलाई असर गरेको छ लाहोर: पाकिस्तानको पूर्वी पञ्जाब…

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

प्रतिकृयाहरू
...