Wednesday 7th January 2026

बाबुद्वारा छोराको घाँटी रेटेर हत्या, अात्महत्याको असफल प्रयाश


तितोपाटी – पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भइ हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् ।

४० वर्षीय घलेले छोराको हत्या पछि ३२ वर्षीया श्रीमती सुमित्रा ठकुरीको पनि चक्कुले रेटेर हत्या प्रयास गरे। श्रीमतीको हत्या प्रयासपछि उनले आफ्ननै घाँटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ।

गर्भवती रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचार भइरहेको छ। शल्यक्रिया गरेर मृत अवस्थामा रहेको बच्चा निकालिएको छ। गम्भीर अवस्थामा रहेका घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनाको प्रारम्भिक अनुसन्धानमा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको बताए। ‘सुमित्राले नै मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो प्रमाण नै त्यही हो।’

उनले परिवारमा बुझ्दा पनि बाहिर शंका गर्ने ठाउँ नरहेको उल्लेख गरे। सुमित्रा बेहोस् अवस्थामा रहेकोले होस्मा आएर सोधपुछ गरेपछि थप कुरा खुल्ने उनल जनाए।

प्रहरीका अनुसार घले दम्पति र छोरा एकै कोठामा सुतेका थिए। उनकी आमा अर्को कोठामा थिइन्। घलेले छोराको हत्या गरेपछि श्रीमतीको घाँटी रेटेका थिए। घाइते अवस्थामा रहेकी सुमित्रा अर्को कोठामा सुतिरहेकी आमालाई उठाउन पुगिन्। ‘मलाई पनि मार्‍यो, तपाईंलाई पनि मार्छ’ भन्दै उनले आमालाई उठाएकी थिइन्।

आमा उठेर छिमेकीलाई खबर गरिन्। छिमेकीले सुमित्रालाई अस्पताल पठाएर वडा प्रहरी कार्यालय रामबजार पुर्‍याएका थिए। घटनास्थल प्रहरी कार्यालय नजिकै रहेको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेको वैधानिकता सोमबार संयुक्त राष्ट्र संघमा चर्चामा आउनेछ, तर ल्याटिन अमेरिकी राज्यमा आफ्नो सैन्य…

प्रतिकृयाहरू
...