Wednesday 11th February 2026

कुवेतमा कार्यरत नेपालीले गर्ने सामुहिक लगानीको सम्पूर्ण तयारी पुरा , अन्तिम प्रिजेन्टेसन २२ जुनमा गरिदै 


तितोपाटी-कुवेतलाई कर्मथलो बनाइ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर (सामुहिक लगानी मार्फत ) नेपालमा गर्न लागिएको लगानीको लागि कम्पनीको नाम , रजिस्ट्रेसन ,यसले दिने सेवा र सुबिधा तथा लगानी संकलनको लागि बैंकको खाता खोल्ने जस्ता प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु पुरा भएका छन ।

कम्पनीको नाम अन्नपूर्ण क्लाउड टेक्नोलोजी प्राइभेट लिमिटेड हुनेछ भने यसले वेब होस्टिंग, सफ्टवेयर सेल लगायत डाटा सेन्टर जस्ता सेवाहरु प्रदान गर्नेछ । टेक्नोलोजीको विकासले बिश्वमा अभूतपूर्व सफलता हासिल गरिरहेको पृष्ठभूमिमा हाम्रोजस्तो भर्खर मात्र बिकासको पहिलो चरणमा बाएं सर्दै गरेको देशमा आइटी टेक्नोलोजीका विभिन्नखाले सेवा सुविधाहरुको आबस्यकता अपरिहार्य हुने हुँदा पहिलोचरणको लगानी टेक्नोलॉजी फ्युजन सहित आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको यस अभियानका प्रमुख अभियान्ता सुरज मास्केले बताए।

नेपालीहरुले मध्यपूर्वमा आर्जन गरेको सीप र बचतको सदुपयोग गर्ने प्रमुख उद्धेश्य यस अभियाको छ। मध्यपूर्व मा रोजगारीको अन्त्य गरी स्वदेश फर्कने युवाहरुलाई विशेष रुपमा सहभागी गर्ने र बिस्तारै आत्म निर्भर बनाई भाबी पिढीलाई परिवारको पालनपोषणको लागि अर्काको देशमा श्रम गर्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु यो अभियानको लक्ष्य रहेको छ ।

पहिलो चरणको लगानी सम्बन्धि सम्पूर्ण तयारी पुरा भइसकेकोले कुवेतमा कार्यरत नेपालीहरु जो समृद्द नेपाल बनाउने अभियानमा जोडिन चाहन्छन उनीहरु नछुटुन भन्ने उदेश्यले आगामी जुनको २२ तारिक दिउसोको १२ बजे देखि जिलिबको पपिनस हलमा प्रिजेन्टेसन गरिने भएको हुँदा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई यस कार्यको बारेमा जानकारी लिनको लागि सामुहिक लगानी समिति अनुरोध गर्दछ ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...