Saturday 3rd October 2026

गर्मीको कारण तराइमा १ को मृत्यु, २ गम्भिर, ५ बेहोष


तितोपाटी – तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना बेहोस भएका छन्।

हाम्रा महोत्तरी सम्वाददाता महेश कुमार दासका अनुसार रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको मृत्यु भएको छ। उनलाई गौशाला प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनीसँगै खेत रोप्न गएका ६० वर्षीया सुन्दरदेवी सदा र ३० वर्षीया किसुनदेवी सदाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ।

दासका अनुसार खेतमा धान रोप्न एकै परिवारका ५ महिला पुगेका थिए। गर्मीले ३ जना विरामी भएपछि बाँकी २ महिलाले उनीहरुलाई अस्पताल पुर्याएका थिए। दुई महिलाको अवस्था भने सामान्य छ। आइतबार महोत्तरीमा तापक्रम ४२ डिग्रीभन्दा माथि रहेको छ।

सिरहामा ५ विद्यार्थी बेहोस

यता सिरहाको चन्द्र माविमा अध्ययनरत ५ जना विद्यार्थी बेहोस भएका छन्। कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन्। अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ।

यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ। अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...