Sunday 27th September 2026

कुवेतमा अवैध घरेलु मदिरा सहित ६ नेपाली पक्राऊ


बसन्त थापा- कुवेतको सिटी स्थित साद अल-अब्दुला इलाकाबाट  तीन पुरुष र तीन महिला गरी कुल ६ जना नेपाली लाई स्थानीय प्रहरीले घरेलु मदिरा सहित पक्राऊ गरेको छ।

कुवेतको चर्चित  सामाजिक संजालको पेज Ayman Mat मा प्रकाशित समाचार अनुसार कुवेतको जाहरा क्षेत्रका सुरक्षाकर्मीद्वारा साद अल-अब्दुला क्षेत्रमा अवैध मदिरा कारखानाको बारेमा जानकारी प्राप्त गरेपछि सो इलाकामा निगरानी गरीरहेको थियो।सोही जानकारीको आधारमा प्रहरीले छापामारी ६ जना नेपाली कामदारहरुलाई पक्राऊ गरेको हो ।

मदिरा कारखानाबाट बिक्री वितरणमा राखिएको ९८० बोतल घरेलु मदिरा पनि नियन्त्रणमा लिइएको छ। नेपालीद्वारा सञ्चालित घरेलु मदिरा उत्पादनका सामाग्रीहरुका साथ पक्राउ परेका नेपालीहरुलाई कारबाहीका लागी सम्बन्धित निकायमा पठाईएको छ।

कुवेतमा पबित्र महिना रामदान सकिन केहि दिन मात्र बाँक़ी रहेको र उक्त समयमा यसरी अवैध घरेलु मदिरा सहित नेपाली पक्राऊ पर्नु दुर्भाग्य पूर्ण रहेको छ।

पक्राउ परेका नेपालीको नाम,ठेगाना उल्लेख गरिएको छैन।कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन गैरकानूनी मानिन्छ।


सम्बन्धित शीर्षकहरु

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...