Sunday 22nd March 2026

कुवेतमा मृत्यु भएका राम बहादुरको परिवार सम्पर्कमा आएनन्,शब अस्पतालमै


चन्द्र बिश्वकर्मा – तीतोपाटी डट कम-कुवेतमा गत जुन २ तारिक,२०१८का दिन असामयिक निधन भएका राम बहादुर स्याङ्तानको परिवार अझैसम्म सम्पर्कमा आएका छैनन । मृतक राम बहादुरको परिवार संग सम्पर्क हुन नसक्दा शब नेपाल पठाउन कठिन भएको छ ।

बिगत केही समय देखि कुवेतमा अवैधानिक रुपमा इनास्को कम्पनीबाट भागेर काम गर्दै आएका सिन्धुली मरिन कल्पबृक्षका राम बहादुरको घर परिवारसंग सम्पर्क  हुन नसकेको नेपाली राजदुतावास कुवेतका द्वितीय सचिव ज्ञान बहादुर मगरले तीतोपाटी डट कमलाई जानकारी गराए। दूतावास कुवेतका द्वितीय सचिव ज्ञान बहादुर मगरका अनुसार “राम बहादुर इन्डिभिजल कुवेतमा आएको देखिएको छ, त्यसैले नेपालको मेनपावर मार्फत परिवार संग सम्पर्क हुन सकिएन।”

कुवेतमा ०२, जुन २०१८ मा मृत्यु भएका राम बहादुरको पासपोर्टमा बाबाको नाम पदम बहादुर स्याङ्तान रहेको छ । सिन्धुलीबासी कसैले चिन्नुहुन्छ भने परिवारको सम्पर्क नम्बर नेपाली राजदुतावास कुवेत अथवा तीतोपाटी डटकम लाई उपलब्ध गराई दिनु होला ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...