Thursday 22nd January 2026

कुवेतमा मृत्यु भएका राम बहादुरको परिवार सम्पर्कमा आएनन्,शब अस्पतालमै


चन्द्र बिश्वकर्मा – तीतोपाटी डट कम-कुवेतमा गत जुन २ तारिक,२०१८का दिन असामयिक निधन भएका राम बहादुर स्याङ्तानको परिवार अझैसम्म सम्पर्कमा आएका छैनन । मृतक राम बहादुरको परिवार संग सम्पर्क हुन नसक्दा शब नेपाल पठाउन कठिन भएको छ ।

बिगत केही समय देखि कुवेतमा अवैधानिक रुपमा इनास्को कम्पनीबाट भागेर काम गर्दै आएका सिन्धुली मरिन कल्पबृक्षका राम बहादुरको घर परिवारसंग सम्पर्क  हुन नसकेको नेपाली राजदुतावास कुवेतका द्वितीय सचिव ज्ञान बहादुर मगरले तीतोपाटी डट कमलाई जानकारी गराए। दूतावास कुवेतका द्वितीय सचिव ज्ञान बहादुर मगरका अनुसार “राम बहादुर इन्डिभिजल कुवेतमा आएको देखिएको छ, त्यसैले नेपालको मेनपावर मार्फत परिवार संग सम्पर्क हुन सकिएन।”

कुवेतमा ०२, जुन २०१८ मा मृत्यु भएका राम बहादुरको पासपोर्टमा बाबाको नाम पदम बहादुर स्याङ्तान रहेको छ । सिन्धुलीबासी कसैले चिन्नुहुन्छ भने परिवारको सम्पर्क नम्बर नेपाली राजदुतावास कुवेत अथवा तीतोपाटी डटकम लाई उपलब्ध गराई दिनु होला ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...