तितोपाटी – सांगठनिक देह व्यापार चलाएको भन्दै प्रहरीले एक तमिल अभिनेत्रीलाई पक्राउ गरेको छ। तमिलनाडु प्रहरीले राज्यको राजधानी चेन्नईबाट तमिल अभिनेत्री संगीथा बालनलाई पक्राउ गरेको हो।
मिडिया रिपोर्टका अनुसार बालनसँगै सतिश नाम गरेका एक पुरूष समेत पक्राउ परेका छन्।
प्रहरीका अनुसार दुबै जनाले युवतीहरूलाई गतिलो आर्थिक प्रलोभनका साथ फिल्म एवं टिभीमा अभिनयको मौका दिदैं देहव्यापारमा लगाउने गर्ने गर्थे।
उनीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। पक्राउ परेकी संगीथा तमिल टिभी उद्योगकी चर्चित अनुहार हुन्।