Saturday 21st March 2026

नेपाल अायल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, एल.पि. ग्यासको मुल्य भने यथावत नै


तितोपाटी – आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले भाउ बढाएको हो ।

‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुनेछ।’

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात् पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ।

यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति हजार लिटरमा ७५ डलर बढेको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यास मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। एलपीजी ग्यासको खरिद मूल्य बढेको निगमले जनाएको छ। निगमलाई खाना पकाउने प्रति सिलिण्डर ग्यासमा एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा छ।

निगमले इन्धनको मूल्य बढाउँदा पनि १५ दिनमा १८ करोड ६२ लाख घाटा हुने जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला दिनहरुमा तेलको मूल्य बढिरहेको बेला नेपालमा भारतभन्दा सस्तो छ। भारतभन्दा नेपालमा प्रतिलिटर पेट्रोल २२ दशमलव ७२ रुपैयाँ र डिजेलमा प्रति लिटर २४ दशमलव ८५ रुपैयाँले सस्तो रहेको प्रवक्ता गोइतले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...