Saturday 31st October 2026

धर्मगुरु श्रीनिवास आचार्य जेल चलान


तितोपाटी डट कम – आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । उनले अर्को व्यक्ति आफैमाथि गोली हान्न लगाएको आरोप छ ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि उनलाई पूर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

उनलाई हात हतियार खर खजाना २०१९ को दफा २४ को ९क० बमोजिम जेल हाल्न प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश दिनुभएको हो । उनीसहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् ।

उनले गत चैत २५ गते राति बिराटनगरको जतुवामा रहेको रामजानकी मन्दीरमा पुराण भन्न गएको बेला आफैलाई गोलीहान्न लगाएका थिए । हिन्दु धर्म बचाउन भन्दै आफैले आफैंलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...