Sunday 12th April 2026

कुवेतमा फेरी एक नेपालीको मृत्‍यु


 हरी कृष्ण न्यौपाने,तीतोपाटी डटकम-कुवेतको फर्वानिया ब्लक ६ मा अबैधानिक रुपमा बसेर काम गर्दै आएका नुवाकोटका सुसिल आचार्यको हिजो मेई-२९-२०१८का दिन मृत्‍यु भएको छ।

लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले तीतोपाटी डटकमलाई दिएको प्रारम्भिक जानकारी अनुसार आफ्नो कम्पनीबाट भागेर अन्त कतै काम गर्दै आएका नुवाकोटका सुशिल आचार्यको आफु बसेको कोठामै मृत्‍यु भए पछी उनका साथीहरुले दुताबास र प्रहरीलाई खबर गरेका थिए।

प्राप्त जानकारी अनुसार २-३ दिन देखी मृतक आचार्य काममा समेत गएका थिएनन्।

यसै बिच नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले सुसिल आचार्यको मृत्‍यु भएको प्रहरीले पुष्टी गरे पनि उनको मृत्‍युको बारेमा थप अनुसन्धान भईरहेको बताएका छन। मृतको शबलाई फर्वानिया अस्पातलमा राखिएको र अन्य जानकारी लिने तथा कानुनी प्रकृया शुरु गरी सकिएको प्रथम सचिबले तीतोपाटीलाई बताए।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...