Saturday 3rd October 2026

सभामुखद्वारा झाडु लगाएर स्वच्छ वातावरण अभियानको शुरूवात


तितोपाटी डट कम –

सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि स्वच्छ वातावरण महाअभियान सुरु भएको हो । सभामुख महराले काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाएर यसको उद्घाटन गरे ।

‘स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्छ’ उनले भने, ‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ ।’

सरसफाई आम नागरिकको स्वास्थ्य, इज्जत, स्वस्थ र सबल जनशक्ति निर्माणसँग जोडिएको भन्दै उनले वातावरण दिवसकै दिनदेखि शुरु भएको अभियानले स्वच्छ देश निर्माणको यात्रालाई सफल बनाउने विश्वास व्यक्त गरे ।

सरसफाई कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुन: शंखपार्कमा पुगेर समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...