Sunday 12th April 2026

अब झरना थापाकी छोरी सुहानी पनि हिरोइन


तितोपाटी डट कम – नायक नायिकाका छोराछोरी सिनेमा डेब्यु गर्ने क्रम चलिरहेकै बेला अभिनेत्री झरना थापाकी छोरी सुहानी पनि चलचित्र क्षेत्रमा प्रवेश गरेकी छन् । झरनाले निर्देशन गर्ने आगामी चलचित्र ‘ए मेरो हजुर-३’ मार्फत सुहानीले नायिकाका रूपमा डेब्यु गर्न लागेकी हुन् । उनी अहिले अमेरिकामा पढिरहेकी छन् ।

सुहानीले नायक भुवन केसीका छोरा अनमोलसँग स्क्रिन सेयर गर्ने छिन् । छोरीको डेब्युु ‘ग्रेन्जर’ गराउने उद्देश्यसहित निर्देशक झरना र निर्माता सुनीलकुमार थापाले महँगो पारि श्रमिकमा अनमोललाई अनुबन्धित गरेका छन् । प्रत्येक चलचित्रमा फरकफरक नायिकासँग अभिनय गर्दै आएका अनमोलले सुहानीसँग स्क्रिन सेयर गर्न कृभन्दा महँगोमा साइन गरेको बताइएको छ ।

तर, उनले कति पारि श्रमिक लिए भन्ने चाहिँ निर्माण पक्षले सार्वजनिक गर्न चाहेको छैन । अनमोलले आफ्नो छैटौं चलचित्र ‘क्याप्टेन’ को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर-३’ का लागि समय दिनेछन् ।

यो चलचित्र सञ्जय लामाले खिच्नेछन् । अहिले चलचित्रका गीतसंगीत तयार पार्ने काम भइरहेको छ । अन्य कलाकार प्राविधिक छनोट हुन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...