Tuesday 14th October 2025
पत्रपत्रिका बाट
Image

संसद घेराउ गर्न गएका मिटरव्याजी पीडितहरू पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो। हालै संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पीडितलाई न्याय…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ राजस्व अनुसन्धान विभागले गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद भएको छ। विशेष सूचनाका आधारमा विमानस्थलबाट पास भएर बाहिर ल्याइसकिएको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ। अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले सुन नियन्त्रणमा लिएको हो। राजश्व…

Image

आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक…

Image

सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल,…

Image

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजलमा प्रतिलिटर ४ र पेट्रोल ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले…

Image

प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी विधेयक आइतबार नै पारित गर्ने प्रकृयामा गएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएपछि प्रकृया अघि बढेको हो । मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक…

Image

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । २–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका…

Image

गैरकानुनी रुपमा इन्डानेसियाको मकाशार सहरबाट अस्ट्रेलिया जान लागेका ४ नेपालीलाई समुद्र तटीय निगरानीमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेपछि अढाई महिनायता स्थानीय प्रहरी हिरासतमा राखिएका छन् । राजधानी जर्काताबाट अढाई घण्टाको हवाई उडानमा पुगिने मकासार सहरको सुलावेसी टापुमा रहेको अध्यागमन निगरानीमा ४ नेपाली युवा गत वैशाख महिनाको अन्त्यमा पक्राउ परेका थिए ।…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बिहान ८ बजे हृदयघात भएपछि उनलाइ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । ६९ वर्षीया सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो…

Image

मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न विधेयक ल्याएको सरकारले संसद अवरूध्द भइ विधेयक पारित नभएपछि समस्या झन बल्झिएको छ । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।…