राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्याली निकालेको छ । र्याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो । र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए । राप्रपा…
तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाइ प्रतिगमन तिर धकेलेको भनदै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् । गत…
तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री…
तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि परेका मुद्दाहरूको पहिलो दिनको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानमन्त्री ओलीको शिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् भने यसका विरूद्ध १३ वटा निवेदन परेका थिए । सर्वोच्च अदालतले विपक्षीहरूको नाममा…
तितोपाटी- जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका…
तितोपाटी- बाग्मती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन्। यता अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजिनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण…
तितोपाटी- नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गरेका छन् । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्यहरुको उपस्थितिमा माइतिघर मण्डलाबाट प्रदर्शन शुरु गरेका हुन् । आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ । अदालतमा पनि रिट दायर गर्ने तयारी छ । आजै दाहाल…
तितोपाटी- दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो संख्या अघिल्लो बर्ष २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३९ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ भने निको हुनेको संख्या…
तितोपाटी- संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । खतिवडाले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
![]()