Friday 3rd April 2026
मरुभूमि हालचाल
Image

कुवेतवासी तामाङ समुदायले सोनाम ल्होछार २८६२ लाई महान सांस्कृतिक उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरी मनाएका छन्। नेपाल तामाङ घेदुङ कुवेत ले मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो। १३ फेब्रुअरी २०२६ शुक्रबार Aspire Indian School को सभाहलमा सम्पन्न उक्त…

Image

कुवेतस्थित किराती समुदायको साझा संस्था किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध निर्वाचित भएका छन्। साथै संस्थाको नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरिएको छ। नयाँ कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा मोहन कुमार राई चयन भएका छन् भने उपाध्यक्षहरूमा कमला बान्तावा राई, सबिन दुमी राई, भुमिराज राई, युबराज चाम्लिङ…

Image

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत लिम्बुको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारलाई निरन्तरता दिन समस्या भएको भन्दै हल्दिबारी गाउँपालिका वडा कार्यालयले सिफारिस…

Image

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले मदन पनेरूको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण पोखरेल, उपाध्यक्षमा कृष्ण बानियाँ, महिला उपाध्यक्षमा कुमारी गुरुङ, महासचिवमा बालकृष्ण भट्ट (विराज), सचिवमा अशोक श्रेष्ठ, सहसचिवमा गोमा…

Image

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक बैठक ले उक्त सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठक Asian Chula Nepali Restaurant मा संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले नेपालबाट बहुचर्चित तथा ख्यातिप्राप्त…

Image

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको ऐतिहासिक महाअधिवेशनपछि सम्पन्न गरिएको पहिलो सामाजिक कार्यका रूपमा उक्त कार्यक्रम ने.स. २०८२ माघ २० गते सिरहा जिल्ला अन्तर्गत गोलबजार नगरपालिका वडा नं. १, २, ३ र १३ मा आयोजना गरिएको…

Image

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल सोल होटलको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्देश्य कुवेतमा रहेका नेपाली श्रमिकहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, श्रम सम्झौता, कार्यस्थलको सुरक्षा, तलब–सुविधा तथा कानुनी प्रक्रियासम्बन्धी व्यवहारिक जानकारी प्रदान गर्नु रहेको…

Image

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ । आइतबार साउदी अरबको रियादमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका…

Image

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंक मा सम्पन्न हुने भएको छ । मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइने रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई अमूल्य रक्तदान गर्न तमू समाज, कुवेतले कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली…

Image

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६ सम्म कुवेतका आफ्ना आउटलेटहरूमा आयोजित एक हप्ता लामो भव्य “भारत उत्सव” को साथ भारतीय गणतन्त्र दिवसको भावना मनायो। उत्सवले उत्साहजनक भीडलाई आकर्षित गर्‍यो, जसले संस्कृति, खाना, फेसन र रोमाञ्चक किनमेल…