Wednesday 12th August 2026
मरुभूमि हालचाल
Image

तितोपाटी - कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि  हिरासतमा राखिएको  छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ…

Image

हरि कृष्ण न्यौपाने - २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो । दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू…

Image

तीतोपाटी- नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन शुक्रबार राम तामाङ लाई अध्यक्षमा निर्बिरोध चयन गर्दै सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी समाजको दोस्रो अधिवेशन सम्पन्न भएको हो । नेपाल कुवेत सरोकार समाजको कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन समारोहमा नेपाली राजदुतावास…

Image

बसन्त थापा- कोसेली समुह  कुवेतले ११आै वार्षिकोत्सव तथा अधिबेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । हिजो १५ फेब्रवारी २०१९ सुक्रवारको दिन  फरवनिया स्थित द्वाही प्यालेस रेष्टुरेरण्टको सभाकक्षामा सम्पन्न अधिवेशनले मरूभूमिको कोसेली छापा पत्रिकाको ३० अाैं अंक समेत प्रकाशन गरि सार्वजनिक गरेको थियो…

Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले यहि आउँदो मार्च २२ र २९ मा १७ औं एमबि बमजन गोल्ड कप फुटबलको आयोजना गर्ने भएको छ । क्लबको खेलकुद विभाग प्रमुख मोहन नाछिरिङ राइले सो कुराको जानकारी गराएका छन् । कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार कलाकार साथै…

Image

हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य - १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन। करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच…

Image

तितोपाटी - कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको गत फेब्रुअरी ४ तारिकको दिन निधन भएको हो । ४७ बर्षीया अमृताको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । उनी गैरकानूनी रूपमा कुवेतमा बस्दै अाएकी थिइन् । न्यून आर्थिक अबस्था भएकी अमृता…

Image

तितोपाटी - कुवेतमा एक नेपाली चेली वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ वर्ष पहिला कुवेत आएकी सुनसरी धरान - ६ माछाभौडीकी राहदानि नं. १०२६५७७१ भएकी बसन्ती जिमी ( चौधिरी ) विगत १ वर्ष यता सम्पर्क बिहीन भएकी छिन । कुवेत अाएको १ वर्षसम्म नियमित सम्पर्कमा रहेकी बसन्ती एक वर्ष…

Image

तितोपाटी - "सम्मृद्द समाज निर्माण र विकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता " भन्ने मुल नारा लिएर गत वर्ष ११ मइ २०१८ मा स्थापना भएको प्रवासी इलामेली सेवा समाज कुबेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्रबारको दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ ।…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ । बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही…