Sunday 4th October 2026

त्रियक नेपाली स्वतन्त्र चर्च दुइ खेमामा विभाजन


तितोपाटी – कुवेतको जलिपमा रहेको त्रियक नेपाली स्वतन्त्र चर्च दुइ  ग्रुपमा विभाजन भएको छ । त्रियक नेपाली स्वतन्त्र चर्चले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको छ । चर्चका पाष्टर रहेका वकिल मार्डी रहेको सँस्थापन ग्रुप रहेको छ भने सि एल्डर तुल बहादुर गुरूङ रहेको नयाँ ग्रुप गठन भएको छ । जानकारीमा अाए अनुसार सि एल्डर तुल बहादुर गुरूङले साविक त्रियक नेपाली स्वतन्त्र चर्चबाट छुट्टिएर न्यू भिजन नेपाली मण्डली नामको नयाँ मण्डली बनाएर संगति गर्न थालेको बुझिएको छ ।

समाचार अनुसार सि एल्डर समेत रहेका तुलबहादुर गुरुङको गुटका कारण विभाजन भएको त्रि एक नेपाली स्वतन्त्र चर्चले जनाएको छ । चर्चका अनुसार मार्च २९ तारिक शुक्रबारको साप्ताहिक संगतिमा गुरुङ सहित १३ जनाले चर्चको आगामी संगतिमा भाग नलिने बताएका थिए ।

उक्त समूहले त्रि एक नेपाली स्वतन्त्र चर्चको आधिकारिक फेसबुक कब्जा गरेर नयाँ नाम न्यू भिजन नेपाली मण्डली कुवेत राखेको समेत विज्ञप्तिमा जनाइएको छ । त्रि एक नेपाली स्वतन्त्र चर्च कुबेतले उक्त १३ जनाको समुहले मण्डली भित्र गुट चलाएको भन्दै आफ्नो बिज्ञप्ति सार्वजनिक गरि त्रिएक नेपाली स्वतन्त्र चर्च यथावत रहेको र एल्डर तुल बहादुर गुरूङको गलत रवैयाको कारण विभाजन अाएको जनाउँदै यसबाट शुभचिन्तक एवं अास्थावानहरू प्रति पर्न गएको असुविधा प्रति त्रियक नेपाली स्वतन्त्र चर्च क्षमा चाहन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ।

चर्चको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

स्पेनका विभिन्न सहरमा हजारौं मानिसले घरभाडा महँगो भएको र मानिसहरूलाई घरबाट निकाल्ने क्रम बढेको भन्दै प्रदर्शन गरेका छन्। सरकारले भाडामा…

प्रतिकृयाहरू
...