Monday 16th February 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री…

Image

तितोपाटी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए। प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी…

Image

तितोपाटी - भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।  साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन्  । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ । न्यु…

Image

तितोपाटी - अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ।  रोयल स्विडिस एकेडमी अफ इकोनोमिक्सले जलवायु परिवर्तन र आर्थिक विकासमाथि खोजका लागि विलियम नोरधाउस र पल रोमेरलाई…

Image

तितोपाटी - उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । आइतबार साँझ अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा…

Image

तितोपाटी - केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ । होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ । होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ । यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई…

Image

तितोपाटी - प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्किएपछि नजिकैको गाउँमा फैलिदा ५० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दर्जनौँ मानिस घाइते भएका छन् ।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ। इन्टरपोलको फ्रान्सस्थित मुख्यालयबाट गत साता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। तर उनी फ्रान्सबाट बेपत्ता नभएको फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ । ‘साउथ…

Image

तितोपाटी - यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। नोबेल पुरस्कार विजेता चयन…

Image

तितोपाटी - दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति ली म्युङ-बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ। घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उनलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश दिएको छ। लीले आफूविरुद्ध लगाइएका…