Thursday 30th July 2026

नासाको यान मंगलमा


तितोपाटी – अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट’ अन्तरिक्ष यान पहिलोपटक मंगलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मंगलग्रहको सतहको पहिलो तस्बिर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो।

मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो। पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल भएको छ । पृथ्वीको सबैभन्दा नजिकको मंगल ग्रहमा अन्तरिक्ष यान पुर्याउने नासाको यो प्रयत्न सफल भएकोमा नासाका वैज्ञानिकहरुले खुशीयाली मनाएका छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो ।

यसअघि मंगल ग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए । नासाको यस पटकको अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणहरु समेत जडान गरिएको छ ।

यो अभियानले सन् २०३० को दशकमा मानवलाई मंगल ग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ ।

नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरुले मंगल ग्रहको यात्रालाई सामान्य रुपमा कहिल्यै नलिएको चर्चा गर्दै यो साँच्चिकै कठिन यात्रा भएको बताए ।

मंगल ग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा सुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन प्रयोगशालाबाट भएको थियो ।

बन्दुकको गोलीभन्दा तीब्र गति अर्थात् १९ हजार ८ सय किलोमिटर प्रतिघण्टाको बेगमा रहेको यो यानलाई मंगल ग्रहको वायुमण्डल छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान गरेका थिए । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५ सय डिग्री सेल्सियस पुग्ने, र रेडियो संकेत समेत केही समय अवरुद्ध हुने नासाको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले मंगल ग्रहको यात्रामा प्राप्त सफलताका लागि नासाका वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले अन्तरिक्ष यानको अवतरणलाई टेलिभिजनमा हेरेका थिए ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...