Sunday 27th July 2025

‘हस्तमैथुन’ सिनले स्वरा भास्कर ट्रोलको शिकार भएपछि यस्तो जवाफ


बलिउड अभिनेत्री स्वरा भास्कर फेरी एकपटक सोशल मिडियामा ट्रोलको शिकार भएकी छिन् । हालै सार्वजनिक भएको फिल्म ‘वीरे दी वेडिङ’को एक दृश्यको कारण उनलाई उडाइएको हो ।

खासमा फिल्ममा स्वरा भास्करले एक सिनमा हस्तमैथुन गरिरहेको देखाइएको छ । यही दृश्यलाई लिएर दर्शकले ठट्टा गरेका छन् । उनीहरुले यो दृश्य ‘आपत्तिजनक’ समेत भन्दै ट्वीट गरेका छन् । स्वरालाई भद्दा गाली पनि गरिएको छ ।

फिल्ममा स्वराको भूमिकालाई कतिले चाहि ‘महिला शसक्तिकरण’सँग जोडेर सकारात्मक प्रतिक्रिया दिएका छन् । यसरी आफ्नो भूमिकाको विषयमा आएको नानाथरी प्रतिक्रियामा स्वराले पनि मौनव्रत लिएकी छैनन् । उनले मुखभरीको जवाफ फर्काएकी छिन् ।

फिल्मको उक्त दृश्यलाई ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले ‘सफ्ट पोर्न’ भनेकी छिन् ।

उनले लेखेकी छिन्, ‘स्वरा भास्करले सफ्ट पोर्न हलिउडबाट कपि गरेका छन् । तर, यसलाई भारतमा प्रतिवन्ध लगाइएको छैन ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘स्वरा भास्करको हस्तमैथुन सिन बोल्ड छ, तर यो नमुना होइन । यस्तो गर्नु फेमिनिजमलाई ठेस पुर्‍याउनु जत्तिकै हो । स्क्रीनमा कुनै पुरुषले पनि यस्तै गरेको देखाइएमा त्यो रुचीकर हुँदैन ।’

कति प्रयोगकर्ताले के पनि लेखेका छन् भने, ‘स्वरा भास्कर, मैले आफ्नो हजुरआमासँग फिल्म हेरें र त्यसबेला एकदमै लाज लाग्यो, जब हस्तमैथुनवाला सिन आयो । बाहिर निस्किसकेपछि हजुरआमाले भन्नुभयो कि, म हिन्दुस्तान हुँ, यस्तो फिल्म देखेर मलाई लज्जावोध भएको छ ।’

यस्ता अनेक किसिमको प्रतिक्रियापछि स्वरा भास्कर चुप लागेर बस्ने कुरै भएन । उनले तात्तातो जवाफ फर्काएकी छिन्, ‘यस्तो लागिरहेको छ कि, कुनै आइटी सेलले टिकट स्पन्सर गरिदिएको छ, वा फेरी ट्वीट त पक्कैपनि ।’ यसका साथै स्वराले यो पनि ट्वीट गरेकी छिन् कि, ‘म आशा गर्छु कि, आफ्नो वाक्यलाई त बदल । नभएपनि कम्तीमा शब्दको मात्रा जाँच गरी ट्वीट गर ।’

फिल्म ‘वीरे दी वेडिङ’ मा स्वराका साथै करीना कपुर, सोनम कपुर र शिखा तलसानिया पनि छिन् । चार युवतीमा आधारित फिल्म हो, जो जिन्दगीलाई आफ्नो सर्तमा जिउन चाहन्छन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...