Sunday 20th July 2025

अस्पतालको उपचार खर्च तिर्न नसक्दा छोरीको शव अस्पतालमै, अामा अस्पतालमै बन्धक


तितोपाटी – उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालले आमा छोरीलार्इ बन्धक बनाएको छ । सप्तरी भारदहकी रेनुदेवी खड्गाकी तीन महिने छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् । असोज ३१ गते छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जचाएकी थिइन् । क्लिनिकले निमोनिया भएकाले ठूलो अस्पताल लैजान भनेपछि कोशी अञ्चल अस्पताल ल्याएका थिए । तर, कोशी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि निशालाई आरके चिल्ड्रेन हस्पिटल विराटनगरमा भर्ना गरिएको थियो ।

अस्पतालमा ११ दिन भेन्टिलेटरमा राखेपछि आइतबार बच्चाको मृत्यु भएको घोषणा गरेको छ  तर उपचार खर्च तिर्न नसक्दा रेनुदेवी घर जान पाएकी छैनन् । एकातिर अाफ्नो सन्तान गुमाउनु अर्को तिर अस्पतालको उपचार खर्च नतिरी अस्पतालबाट छुट्कारा नपाउँदा ख्याल पीडा भएको छ र ! अस्पतालमा उपचार गराउँदाको खर्च १ लाख ७० हजार रुपैयाँको बिल उठेको छ । ‘अस्पतालमा ६० हजार र फार्मेसीमा २० हजार बुझाएका छौं’ सीतादेवीले भनिन्, ‘अझै १ लाख १६ हजार दिनुपर्छ भन्छन् ।’

पीडितहरूसँग अस्पताललार्इ बुझाउने अरू पैसा नभएको अस्पतालले रकम नबुझाएको भन्दै मृतकको शव दिएको छैन । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेकी नातीनीको सदगद गर्न नपाएको उनले बताइन् ।

अस्पतालले तीन दिनदेखि आमा छोरीको निरगानीका लागि सुरक्षा गार्ड परिचालन गरेको छ । रेनीका श्रीमान रविशंकर बैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।

अस्पताल प्रशासनले उपचार खर्च नतिरेका कारण मृतकका आफन्तलाई रोकेर राखेको स्वीकार गरेको छ । अस्पतालमा मृतक शिशुकी मावली पक्षका मान्छे मात्र उपस्थित छन् । घर पक्षका आफन्त भने शुल्क तिर्न पर्छ भनेर अस्पतालबाट गइसकेको अस्पताल प्रशासन प्रमुख धिरज मैनालीले जानकारी दिए । अस्पतालले केही शुल्क छुट दिने तर, बाँकी सबै रकम मिनाहा गर्न नसक्ने समेत उनले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका…

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका…

प्रतिकृयाहरू
...